बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा एमालेको पल्ला भारी, ८ मध्ये ६ पालिकामा विजयी

नवलपुरमा एमालेको पल्ला भारी, ८ मध्ये ६ पालिकामा विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७९, शुक्रबार

नवलपुर/ एमालेले नवलपुरका ८ मध्ये ६ वटा पालिका जितेको छ । नेपाली कांग्रेसले हुप्सेकोट र गैंडाकोटको प्रमुख र उपप्रमुख तथा बुलिङटारको उपाध्यक्षमा चित्त बुझाएको छ । कावासोती,देवचुली,बुलिङटार,मध्यविन्दु, विनय त्रिवेणी तथा बौदकालीमा एमाले विजयी बनेको हो ।

कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल ३०४ मतले निर्वाचित भए । उनले १८ हजार ६०८ मत ल्याउँदा नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत पाए । उपमेयरमाएमालेका फुलकुमारी थनेत १९ हजार २४ मत पाउँदा माओवादीका उम्मेदवार पतिराम थनेतले १३ हजार ५६१ मत प्राप्त गरे ।

गैडाकोट नगरपालिकामा नेपाली कांग्रेसका मदनभक्त अधिकारीले एमालेका छत्रराज पौडेलले २ हजार ८४९ प्राप्त गरे । अधिकारीले १६ हजार ४५५ मत ल्याउँदा पौडेलले १३ हजार ६०६ मत पाए । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शान्ति कोइराला १६ हजार ११४ र राप्रपाका तुलाराम पौडेलले ८ हजार ६४० मत प्राप्त गरे । देवचुली नगरपालिकामा एमालेका हरिप्रसाद न्यौपानेले १ हजार ५९६ मतान्तरले नेपाली कांग्रेसका अशोक बस्ताकोटीलाई हराए । न्यौपानेले १२ हजार ८०६ मत ल्याउँदा बस्ताकोटीले ११ हजार २१० मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेका पार्वता तिवारी विजयी भइन् । उनले १२ हजार ७४९ मत ल्याउँदमा माओवादी केन्द्रका सत्यनारायण भुसालले ८ हजार २२८ मत प्राप्त गरे ।
बुलिङटार गाउँपालिकामा भने अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बने । एमालेका दिपेन्द्र सुनारीले कांग्रेसका शशीकिरण बस्ताकोटीलाई १५९ मतले हराएका हुन् । सुनारीले ४ हजार ५९ मत ल्याउँदा बस्ताकोटीले ३ हजार ९ सय मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिलमाया राना ४ हजार ५१५ मतसहित विजयी बन्दा एमालेकी भूमिका खण्डलुकले ३ हजार ५१५ मत प्राप्त गरिन् ।

मध्यविन्दु नगरपालिका एमालेका भीमलाल अधिकारी मेयरमा विजयी भए । उनले १६ हजार २१२ मत ल्याउँदा कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ७४७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी पूर्णकला चौधरी १६ हजार १०५ मत सहित विजयी हुँदा कांग्रेसकी टिकाकुमारी महतोले १४ हजार ५६४ मत ल्याइन् । विनयी त्रिवेणी गाउँपालिका एमालेका घनश्याम गिरी ७ हजार ६५८ मत अध्यक्ष बन्दा कांग्रेसका डम्बरबहादुर जिसी ९९ मतले पराजित बन्न पुगे । जिसीले ७ हजार ५५९ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी भगवती वैदवार क्षेत्रीले ७ हजार ६७१ मत ल्याउँदा कांग्रेसकी कला भुजेलले ७ हजार ५८९ मत प्राप्त गरिन् ।

हुप्सेकोट गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेस विजयी भयो । कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे ६ हजार ४५५ मत ल्याउँदा एमालेका चेतबहादुर राना ७१४ मतले पछि परे । रानाले ५ हजार ७४१ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णसिंह राना मगर ६ हजार ७०५ मत सहित विजयी हुँदा एमालेकी मनि पाण्डेले ५ हजार ७३८ मत ल्याएकी छन् ।

नवलपुरको बौदकाली गाउँपालिकाको अध्यक्षमा एमालेमा पं्रकाश ओझा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार खड्कबहादुर रानालाई ४३५ मतले हराउँदै उनले बौदकालीमा एमालेको झण्डा गाडेका हुन् । यसअघि बौदकालीमा कांग्रेसले जितेको थियो । प्रकाशले ३ हजार ९७६ मत पाउँदा खड्कबहादुरले ३ हजार ५४१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी डिलकुमारी केसीले ३ हजार ९६२ मत ल्याउँदा कांग्रेसकी धनकान्ति घिमिरेले ३ हजार ५६ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->