पोखरा/पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटको अग्रता रहेको छ ।
७२ हजार ९ सय १८ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको २९ हजार ८ सय ७ मत आउँदा नेकपा एमालेका कृष्ण थापाको २६ हजार ३ सय ६५ मत रहेको छ ।
यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गर्दा कोपिलाले ३० हजार २ सय ६० मत प्राप्त गरिन् ।
७२९१८ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः
धनराज आचार्य गठबन्धन (कलम)– २९८०७
कृष्ण थापा एमाले (सुर्य)–२६३६५
शंकर खराल राप्रपा (हलो)–३१४५
गणेश पौडेल स्वतन्त्र (लौरो)–१९६६
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२४९
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –२३७
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ८०
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–३६
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –७३
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२०
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ५८
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –२१
नवराज बास्तोला स्वतन्त्र (आँप) –३३
रामराज अधिकारी स्वतन्त्र (खरायो) –५१
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –१८
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५२
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२१
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –७
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–१२
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १३
विमल बहादुर कार्की (भुइकटर)– ६
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–५
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २
उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –३०२६०
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सुर्य) –३०१७६
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –२९६९
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–१६६
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–७५
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२५
शितला थापा नेकपा समाजवादी (कार)–११
सोम माया वि.क स्वतन्त्र (पुतली)–२३





