बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धनराज ३ हजार २ सय मतले अघि (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)

धनराज ३ हजार २ सय मतले अघि (मेयर तथा उपमेयर उम्मेदवारहरुको मत विवरण)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा ९२ हजार ५ सय ६१ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार बनेका धनराज ३ हजार २ सय ७२ मतको अग्रतामा रहेका छन् ।

उनी एमालेका कृष्ण थापाभन्दा निकै अघि बढेका छन् । उनले ३७ हजार १ सय २२ मत प्राप्त गर्दा एमालेका थापाले ३३ हजार ८ सय ५० मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी मञ्जुले १ हजार ३१ मतको अग्रता लिएकी छिन् । उनले ३८ हजार ५ सय ७६ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत प्राप्त गरिन् ।

९२५६१ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः

धनराज आचार्य गठबन्धन (कलम)– ३७१२२
कृष्ण थापा एमाले (सूर्य)–३३८५०

शंकर खराल राप्रपा (हलो)–४२२८

गणेश पौडेल स्वतन्त्र (लौरो)–२४४५

शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२८७

प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –३९०

मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ९९

संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४३

किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –९६

सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२३

मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ७३

भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –३७

नवराज बास्तोला स्वतन्त्र (आँप) –३५

रामराज अधिकारी स्वतन्त्र (खरायो) –८१

अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –२२

आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५८

शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४

गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –१०

भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–१५

दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २८

विमल बहादुर कार्की (भुइकटर)– ९

सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–५

रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २

उपमेयर उम्मेदवारले पाएको मत

कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –३७५५४

मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –३८५७६

रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –४१३१

माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२१२

पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–९३

सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२६

शितला थापा नेकपा समाजवादी (कार)–१६

सोम माया वि.क स्वतन्त्र (पुतली)–३०

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->