स्याङ्जा/राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइराला ज्वालालाई मातृशोक पारेको छ । उपाध्यक्षको माता दोर्ण कुमारी कोइरालाको ६९ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
विगत १० वर्षबाट मुटुको रोगबाट ग्रस्त कोइरालाको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
मृतक कोइरालाका दुई छोरामध्ये कान्छा शिव कोइराला राखेप उपाध्यक्षसहित नेकपा माआवादी केन्द्रको बागमती प्रदेश सदस्य हुन् भने जेठा छोरा मीन कोइराला माओवादी केन्द्रको भिरकोट अध्यक्ष र श्रीमान गिरीधारी कोइराला माओवादी केन्द्रको सल्लाहकार रहेका छन् । कोइरालाको पार्थि शरीरको आइतबार गल्याङ् नगरपालिका १ रामनदी धाम गल्याङ् नगरपालिका १ मा अन्त्येष्टि गरिने छ ।





