बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नगरवासीको मैले सेवा गरेकै हुँ, फेरी सेवा गर्न मौका दिनुभयो

नगरवासीको मैले सेवा गरेकै हुँ, फेरी सेवा गर्न मौका दिनुभयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

तनहुँको व्यास नगरपालिकाको मेयरमा वैकुण्ठ न्यौपाने दोस्रो पटक निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहमा समेत मेयरमा निर्वाचित न्यौपानेलाई पुनः एक पटक जनताले काम गर्नका लागि नगर प्रमुखको हैसियतमा राखेका छन् । दोस्रो पटक १२ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका उनले अघिल्लो पाँच वर्षमा जति काम गर्नुपर्ने हो त्यो पुरा गर्न नसकेको र कतिपय पुरानै एजेन्डालाई समेत बोकेर आएका छन् । दोस्रो पटक कार्यकाल सम्हालेका व्यास नगरपालिकाका मेयर न्यौपानेका आगामी योजना, विकास गतिविधि लगायत विषयमा गरिएको कुराकानीको संपादित अंश :

व्यास नगरपालिकामा दोस्रो पटक समेत मेयरमा निर्वाचित हुनुभएकोमा बधाई छ । जनताले पुनः विश्वास गरेर निर्वाचित गराइदिएका छन् कस्तो रह्यो अघिल्लो पाँच वर्ष ?

धन्यवाद छ । अघिल्लो पाँच वर्ष मैले केहि अध्ययन चिन्तन,स्थानीय तहका कानूनी संवैधानिक व्यवस्थामै बढि हामी अलमलमा प¥यौ । त्यसैगरी कोभिड र बाढिपहिरोका पनि प्रभावमा प¥यौ । तसर्थ हामीले जुन रुपमा विकास अभियानलाई लानुपर्ने थियो त्यो हामीले गर्न सकेनौ र धेरै कुराहरु अधुरा रहे । तिनै अधुरा योजनाहरु अघि बढाउनुपर्छ भन्ने मान्यताका साथ मैले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिएको हुँ । नगरवासीको मैले सेवा गरेकै हुँ त्यहि सेवाका कारण नगरवासीले फेरीपनि विश्वास गरिदिनुभएको छ त्यसका लागि म यो मिडियामार्फत नै हार्दिक धन्यबाद व्यक्त गर्छु । विगतका गतिविधिबाट मैले धेरै शिक्षा प्राप्त गरेको छु त्यो अनुभवलाई आगामी पाँच वर्ष संगठित ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको छु ।

पहिलो कार्यकालमा फोहोरमैला व्यवस्थापनको प्रतिबद्धता अपुरै छाड्नुभयो । अलिहेपनि घोषणापत्रमा समेट्नुभएको छ । अबको पाँच वर्षमा साच्चिकै फोहोरमैलाको उचित व्यवस्थापन हुन्छ त ? पाँच वर्ष नभएको काम अब हुन्छ त ?

हामीले फोहोरमैलाको व्यवस्थापनमा हामी अहिलेसम्म विग्रियौ खाडल खोज्दै हिडेर । हामी जहिलेपनि डम्पिङ साइड खोज्दै हिड्यौ । फोहोरमैला भन्दापनि यस्लाई सफाई केन्द्रको स्थापना गर्नुपर्ने स्थितिमा अहिले हाम्रो निश्कर्ष त्यता तर्फ पुगेको छ । अहिले कुहिने र नकुहिने फोहोरलाई हामिले अलग गरिसकेको छौं । कुहिने फोहोरलाई मलको रुपमा विकसित गर्ने । अहिले छाडा चौपाय व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र बनाएका छौँ । त्यहाँबाट आएको मल र कुहिने फोहोरबाट हामीले बायो ग्यासको सुरुवात गरिसकेका छौँ । अर्को चाहिँ रिसाइक्लिङमा आउने जतिपनि फोहोरहरु छन् तिनलाई व्यवस्थित गर्नका लागि खुल्ला मैदानहरु २०–२५ रोपनी जग्गा खरिद गर्ने र औलाने जग्गा समेतलाई जोडेर व्यवस्थापन गर्नका लागि २ नम्बर वडा अध्यक्षको संयोजकत्वमा अन्य वडा सदस्य राखेर पहिलो बैठकबाट निर्णय गरिसकेका छौँ । फोहोरमैलाको व्यवस्थापन अब हामीले डम्पिङ साइड होइनकी यहाँ शुन्य पोलिथिनको अभियान पनि चलिरहेको छ, र जतिपनि फोहोर आउँछन् त्यसलाई विक्रि वितरण गरेर वेस्ट फोहोर एक्दमै थोरै निस्किन्छ त्यसलाई व्यवस्थित ढंगले नियन्त्रण गर्न तुरुन्तै लागेका छौँ । त्यो हाम्रो पहिलो टार्गेट हो ।

व्यासमा मानहुँकोट जस्ता थुप्रै गाउँमा खानेपानीको जोहोमा घण्टौं विताउनुपर्छ । त्यसता गाउँमा नगरपालिकाको नजर कहिले पुग्छ ?

मानहुको विषयमा हामीले त्यहाँ ड्रिल गरेर पानी आउँछ की, बोर्डिङबाट पानी आउँछकी भनेर प्रयत्न ग¥यौ त्यो प्रयत्नले पानी आउने स्थिति देखिएन । अब लिफ्टबाटै हामीले खानेपानीको व्यवस्थापन गर्ने भएको हुनाले अहिले योजना आयोगसंग प्रस्ताव गरेका छौँ करिब करिब ८ करोड रुपैयाँको लिफ्टिङ खानेपानी आयोजना चाहिँ अहिले संघीय बजेटमा हामीले प्रस्ताव गरेअनुसार परेको भन्ने जानकारी प्राप्त भएको छ । अब मानहँुकोटको समस्या समाधान हुन्छ ।

ग्रामिण क्षेत्र बसाईसराईले रित्तिएका छन् । बाँकी रहेकालाई गाउँमै रोक्ने र शहर झरेकालाई फर्काउने केही योजना छन् ?

अहिले गाउँमा स्तरीय बाटोहरु पुग्दैछन् । पानीहरु पुग्दैछन् । विद्यालयलाई हामीले स्तरीकरण गर्दै छौं, अभिभावक विहिन विद्यार्थीका लागि समता विद्यालय भनेर अर्को विद्यालयको व्यवस्थापन गर्दै छौँ त्यसो भएको हुनाले यी सबै अभियानले गाउँमा बसौं बसौंको स्थिति सृर्जना गरेका छौँ । तर, गाउँमै रोजगारीको सृर्जना गर्न कृषिमै आधारित नागरिक त राख्न सक्छौ हामी अरु रोजगार गर्ने व्यक्तिहरु भने जानै चाहँदेनन् । त्यो एउटा चुनौतिको रुपमा रहेको छ गाउँमै खानेपानी, यातायात, विद्यालय र अन्य सुविधाहरु वितरण गर्ने कार्यमा व्यास नगरपालिका निरन्तर रुपमा लागिपरेको छ । अब गाउँ फर्काउने भन्दापनि गाउँमा भएकाहरुलाई त्यहि राख्ने किसिमको योजनामा पनि हामी लागिरहेका छौँ ।

सार्वजनिक जग्गा अतिक्रमण रोक्न किन सक्नुभएको छैन् ?

सार्वजानिक जग्गाको अतिक्रमण गाउँमा भन्दा बजार तिर ज्यादा छ । त्यो कार्यलाई व्यास नगरपालिकाले सार्वजानिक स्थानमा बनेका घर, टहरा भत्काउने कामको पनि थलानी गरिसकेको छ । त्यो निर्वाचनको सन्दर्भ सुरु भइसकेको हुनाले हामीले निश्कर्षमा पु¥याउन सकेका छैनौं । अहिले भुमी आयोगले जग्गा जमिन दर्ता प्रक्रियालाई पनि सुरुवात गरिसकेको छ त्यो दर्ता गर्ने प्रक्रियाको पनि सार्वजानिक सुनुवाई हुँदै गएका छन् त्यसकारण जतिपनि अब सार्वजानिक जग्गा अतिक्रमण गर्ने कार्य भएका छन् त्यसलाई रोक्ने सुरुवात गरिसकेको छौ अब रोक्छौँ ।

दोस्रो पटक समेत निर्वाचित हुँदै गर्दा व्यास नगरपालिकाको युवाहरुमा एक उत्साह देखिएको छ अब मेयरले खेलकुदको क्षेत्रमा केहि गर्छ भन्ने छ त्यसलाई कसरी हेर्नुहुन्छ ?

युवाहरुमा जुन उत्साह छ त्यो सान्दर्भिक छ । मैले विगतको अवधिमा पनि प्रयत्न गरेका हौँ र एउटा व्यवस्थित खेलमैदान निमार्ण गर्न खोज्दा खोज्दै पनि सकेनौँ । प्रक्रियामै जादाँ समस्या आयो कहिले टेन्डरै नहुने कहिले उपभोक्ता समितिले काम नगरिदिने लगायत कोभिडले समेत समस्या ल्यायो जसले गर्दा निमार्ण गर्न सकेनौँ र यो बिचमा हामिले के शिक्षा हासिल ग¥यौ भने खेलकुदकै माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय पहिचान भएका छन् । युवाहरुको ध्यान खेलकुदमै केन्द्रित छन् लगाव छ । यसले यो खेलकुद एक ठाउँमा मात्रै एउटै रंगशालाले मात्रै हुदैन रहेछ भन्ने कुराको अनुभुति भएको छ र एक लेभलको युवालाई मात्रै गरेरपनि नहुदो रहेछ । युवा मात्रै होइन हामिले बालबालिकाका लागि समेत हुनेगरी बजेट विनियोजन गर्नेछौँ । मैले विशेष गरी फुटबलमा मैले प्रशिक्षक नै नियुक्ती गरेर अघि बढ्ने योजना बनाएको छु यहाँ फुटबलको लोकप्रियता साना–साना बाबुनानीहरुमा पनि देखेँ ।

खेलकुदमा बजेट कस्तो छ ?

खेलकुदको कुरा गर्दा गएको वर्ष हामीले करिब करिब १ करोड बजेट विनियोजन गरेको हो । करिब २५ लाख रुपैयाँ अल्ट्रा म्याराथनमा खर्च भएको हो । त्यसपछि खेलकुदका सामग्री खरिद गर्ने, मैदान निमार्ण गर्ने लगायतका काम गरेका छौँ । यो बजेटले पुग्दैन अब हामी बजेट बढाउँछौँ ।

अबको पाँच वर्षमा व्यास नगरपालिकालाई कस्तो र कुन रुपमा देख्न सक्छौँ ?

व्यास नगरपालिकाको केहि महत्वपूर्ण योजनाहरु रहेका छन् । जस्तो व्यासको जन्मभुमी भएको हुनाले व्यास क्षेत्रको संरक्षण गर्नु, मानहुँकोटलाई अलिकति व्यवस्थित गर्ने र पर्यटन प्रबद्र्धन गर्ने लागयत अन्य ऐतिहासिक क्षेत्रका लागि समेत बजेट छुट्टिएको छ । म्याराथन दौड, फुटबल देखिलिएर विभिन्न खेलकुदहरु गर्ने योजनामा हामी रहेका छौँ । र विशेषगरी मादी नदी एकीकृत विकास परियोजना १८ किलोमिटर रहेको छ यस्ले हजारौँ विघा जमिन ओगटेको छ ती जमिन व्यवस्थित गर्नेतर्फ लगानी सम्मेलन गरेर जाने छौँ । त्यो बाहेक एक वडा एक खेलमैदानलाई समेत अघि बढाउने छौं र अबको पाँच वर्षमा यो त मेरो अन्तिम पनि हो दुईपटक भन्दा उठ्न पाइदैन् त्यसो हुनाले अब नगरवासीले नगरपालिकाले अपनत्व लिएको छ भन्ने भावना विकास गराउँछौँ । शिक्षा, स्वास्थ्य, रोजगार र विकास भएको छ भन्ने अनुभुति दिलाउने गरी काम गर्नेछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->