बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/ कास्की जिल्लामा वसोवास गर्ने नागरिकता वा अन्य कुनै परिचय खुल्ने पत्र नभएका व्यक्तिहरुलाई नौलोघुम्ती नेपालले अभिभावकत्व प्रदान गर्दै कोरोना खोप लगाइएको छ ।

नौलो घुम्ती नेपालको आयोजना तथा प्राविधिक सहयोग कम्युनिटि सपोर्ट ग्रुपको कार्यालय ढिकालेथरमा भएकोे खोप कार्यक्रममा १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका सर्वसाधारणले फाइजर, मोड्र्ना, जोनसन, कोभिसिल्ड, एस्ट्रजेनिका खोप लगाएका छन् ।

पहिलो चरणमा ४१० जना र दोस्रो चरणमा ४१० जनाले खोप लगाएकामा विहिबार र शुक्रबार २ दिन सम्म संचालन हुने खोप कार्यक्रममा वढ्न सक्ने नौलोघुम्ती नेपालकी कास्की जिल्लाको कोभिड १९ सेस्पोन्स प्रोग्राम अफिसर रुविना अधिकारीले वताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->