बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मौजामा बाख्रा मेला, किसानहरु पुरस्कृत (फोटोहरु)

मौजामा बाख्रा मेला, किसानहरु पुरस्कृत (फोटोहरु)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७९, शनिबार

पोखरा/ पोखरा २० मौजामा बाख्रा मेला आयोजना गरिएको छ । पोखरा महानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको मेलामा २० वटा फर्ममा पालिएका माउ बाख्रा तथा बोका प्रदर्शनी गरिएको थियो । पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार सो क्षेत्रमा यसअघि करिब ४ सयजति बाख्रा थिए । किसानहरु बाख्रापालनमा आकर्षित भएसँगै अहिले त्यहाँ ५ हजारको हाराहारीमा बाख्रा रहेका छन् ।

सो क्षेत्रबाट वार्षिक २ करोड बराबरको कारोबार हुन्छ भने व्यावसायिक फर्म बढदै छन । खसीबोकाको मासुको स्वादले गर्दा बिक्री मा समस्या छैन भने सो क्षेत्र बाख्राको पकेट क्षेत्रको रुपमा विकास हुँदै गएको मौजा बाख्रापालक कृषि सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको भनाइ छ । प्रदर्शनीमा ल्याइएकामध्ये बोकातर्फ ४ र माउ बाख्रातर्फ ४ जना किसानलाई पुरस्कृत गरियो । मुख्य सहरबाट थोरै टाढा, बाझो जग्गा जमिन र चरन क्षेत्र प्रशस्त भएको तथा पूर्व दक्षिण फर्किएको यो क्षेत्रमा बाख्रा पालन बिस्तार गर्न सकिने कडरियाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->