शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा स्पोर्ट्स अवार्ड असारमा

पोखरा स्पोर्ट्स अवार्ड असारमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७९, बिहिबार

पोखरा/ छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम विश्व खेलकुद पत्रकार दिवसको सन्र्दभ पारेर असार १८ गते गर्ने निर्णय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अर्वाडको मिति घोषणा गरिएसँगै कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिने महासचिव पौडेलको भनाई छ ।

अवार्ड कार्यक्रमलाई थप व्यवस्थित बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

पोखरा सभागृह हलमा हुने कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ । अवार्ड कार्यक्रमको थप आर्कषणमा साँस्कृतिक कार्यक्रम समेत रहनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->