आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेल खेलाउँछन् तर पारिश्रमिक पाउँदैनन्

खेल खेलाउँछन् तर पारिश्रमिक पाउँदैनन्


  • विजय नेपाली
  • जेष्ठ २७ २०७९, शुक्रबार

पोखरा/ फुटबल खेलाडीले खेल्ने हो तर खेलाडीसहित नै मैदानमा प्रवेश गर्ने रेफ्री बिना खेलको कुनै अर्थ रहँदैन । रेफ्री भनेको मध्यस्तकर्ता पनि हो । निश्चित नियमभित्र रहेर खेल खेलाउने उसको कर्तव्य हो । नेपालमा अनुभवी र फिफा रेफ्री औंलामै गनेर सकिन्छ । फुटबल, फुटसल वा अन्य कुनै पनि खेल सुरुदेखि अन्त्यसम्म रेफ्रीको भूमिका महत्वपुर्ण हुन्छ । रेफ्री विना कुनैपनि खेल सम्भवै छैन् । तर, नेपालमा भने खेलाडीमात्र होइन् रेफ्रीहरुसमेत अन्यायमा परिरहेका छन् ।

गएको असोजमा पोखरामा राष्ट्रिय फुटसल लिग सम्पन्न भयो । असोज २ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको फुटसल लिग उधारोमै सकियो । फुटसल लिग भव्य रुपमा सफल भयो तर प्रतियोगिता सफल पार्न महत्वपूर्ण भुमिका खेलेका रेफ्रीहरु भने अन्यायमा परेका छन् । उनीहरु फुटसलबाट मात्रै होइन एन्फाले आयोजना गर्ने ठूला प्रतियोगिताबाट समेत अन्याएमै परिरहेका छन् ।

फुटसल लिग सम्पन्न भएकै एक वर्ष पुग्नलाग्दासमेत अझै फुटसलको रकम आउन सकेको छैन् । २० दिनसम्म चलेको प्रतियोगिताको नियमानुसार रेफ्रीले एउटा खेल खेलाएवापत् ६ हजारका दरले पारिश्रमिक दिइने तयारी थियो । तर, ६ हजारमा नहुने भन्दै रेफ्रीहरुले प्रतियोगिता नखेलाउने भनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभाग प्रमुख विनोद गुरुङ र फुटसल कमिटि संयोजक रत्नकुमार श्रेष्ठ र अफिसियलबीचमा सहमति भएको थियो । प्रति खेल १० हजारका दरले खेलाउने । उक्त छलफलपछि रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए ।

‘प्रतियोगिताबाट आधै रकम पाउन बाँकी छ, एन्फाले कहिले दिन्छ थाहै छैन्’, उनले भने,‘कहाँ पाउने हो पाएको छैन् । अब असोजमा त एक वर्ष नै पुग्छ । दिन त दिन्छु भन्छन् कहिले हो कहिले ? मेरो त ५० हजारभन्दा माथि हो २५ हजार मात्रै आयो, त्यो पनि भरर्खरै मात्र आएको हो । चुनाव अघिमात्रै पनि हामीलाई दिन्छु भनेका हुन् के हो के आजित भइसक्यौ ।’ उनले कास्की जिल्ला फुटबल संघको अधिवेशनका दिन फुटसल विभाग प्रमुख गुरुङले रकमका बारेमा कुरै नगर्नसमेत आग्रह गरेका थिए । उनले फुटसल लिगको मात्रै नभई कास्की लिगकोसमेत अझै रकम आउन नसकेको जानकारी दिए । ‘सद्यैँ यस्तै हो । कास्की लिगको पनि यस्तै भएको छ । अहिलेसम्म हामीले पाउन सकेका छैनौ ।’ अर्का रेफ्रीले पनि उस्तै गुनासो पोखे । उनले एन्फाले सधैँ रकम दिन्छु भन्दै टार्दे आएको सुनाए । ‘पहिला १० हजार घटी खेलाउँदैनौँ भनेर भनेका थियौँ तर पछि प्रतियोगिता नियमावलीमा ६ हजार रुपैयाँमात्रै दिने भन्ने रहेछ । खेल खेलाउन नमानेपछि विनोद गुरुङ र रत्नकुमार श्रेष्ठसँग बसेर १० हजारका दरले नै दिने निर्णय भएको हो’, उनले भने,‘एकदिन खेलाए पनि नै हामी बसेर छलफल गरेका हौँ ।’ उनले फुटसल विभागले रेफ्रीलाई निकै हेपेको दुःखेसो पोखे ।

कास्की फुटबलसंघको निर्वाचनको समयमा रेफ्रिले रकम नपाएको भन्दै निर्वाचनसमेत अवरोध गरेका थिए । निर्वाचन सकिएलगत्तै नयाँ कार्यसमितिले कास्की लिगको रकम दिने राष्ट्रिय फुटसल लिगका रेफ्रि एसेसर सुरज मानान्धरले अहिलेसम्म पूरा रकम नपाएको उनले बताए । आफुहरुले पहल गरिरहेको र एन्फाले आउँछ–आउँछ भन्ने गरेको तर कहिले आउने भन्ने थाहा नभएको सुनाए । ‘हामीले पहल गरिरहेका छौँ, एन्फाले आउँछ आउँछ भन्नुहुन्छ तर दिने कहिले हो थाहा छैन्’, उनले भने,‘आश्वासन चाहिँ पाएका छौँ अरु त त्यस्तै हो ।’

उनले एन्फाको प्रवृत्ति गलत रहेको सुनाउँदै आफुहरुले पनि कसैसँग लिनुपर्ने भएकाले जबर्जस्ती गर्न नसकिने सुनाए । ‘१० हजारका दरले खेल खेलाउने भन्ने सहमति भएको हो । ६ हजारका दरले त पाए तर अब ४ हजारका दरले ४९ खेलको रकम लिनुपर्ने छ । अफिसियलको मात्रै होइन् प्राविधिकहरुको पनि आउन बाँकी रहेको छ त्यो पनि आएको छैन् ।’ त्यसैमा उनले थपे, ‘म्याच एसेसर भएको नाताले मेरो अलि फरक हुन्छ र मैले पनि रकम पाएको छैन् ।’ उनले फिफाबाट आउने अनुदान नआएका कारण ढिला भएको एन्फाले जानकारी गराएको उनले सुनाए ‘सबै रेफ्रीको जिम्मा नै म माथि नै हो । म एसेसर भएकै कारणले मलाई भन्ने हो । मैले पनि आवाज राख्नेबाहेको अन्य केही काम छैन् । एन्फाभित्र गुटबन्दीका कारणले यस्तो अवस्था आएको हो । मैले चुनाव अगावै समेत भनेको थिए तर सुनेनन् ।’

अनुदान रोकिँदा समस्या आयो : विनोद गुरुङ

फुटसल विभाग प्रमुख विनोद गुरुङले फिफाबाट अनुदान रोकिँदा समस्या आएको सुनाए । ‘अहिले पहिलाको जस्तो छैन् । सबै अडिट बिल पेश गर्नुपर्ने हुन्छ, त्यो एप्रुभ भएपछिमात्रै बजेट आउने हो ।’
उनले प्रतियोगिताको नियमावली अनुसार रकम दिएको बताए । ‘प्रतियोगितको नियमावली अनुसार ६ हजारको दरले हामीले दिएका हौं । १० हजारका दरले दिने भन्ने कुरा भएको हो तर, नियमावली अनुसार ६ हजार दिने हो । फिफाबाट अनुदान नआएका कारण नै रोकिएको हो ।’ यस्तै फुटसल विभाग संयोजक रत्नकुमार श्रेष्ठले भने आर्थिक जिम्मा सबै विनोद गुरुङलाई दिएको बताए । उनले आफ्ूले केहि नगरेको सबै काम गुरुङले नै गरेको बताए ।

जित्नेले आधा रकम पाउनै बाँकी

उता फुटसल विजेता स्पोट्र्स क्यासलले भने आधा रकममात्रै आएको बताएको छ । क्यासलका एक प्रतिनीधिले आफूहरुले पाउनुपर्ने सबै रकम नपाएको जानकारी दिए । क्यासलले ४–२ गोलले हराउँदै उपाधि जितेको थियो ।उपाधिसँगै क्यासलले १० लाख रुपैयाँ प्राप्त गरेको हो । उनले त्योबाहेक टिम तयारी खर्चबापत पाउने रकमसमेत नपाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->