पोखरा/ पोखरा–७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीले जुनियर युवा रेड्क्रस सर्कलको व्यवस्थापन तथा अंग्रेजी विभागको आयोजनामा मावि(८–१०) स्तरीय अंग्रेजीवक्तृत्वकला सम्पन्न गरेको छ।उक्त कार्यक्रममा कक्षा ९ की छात्रा स्मृति लम्साल, ८ की आस्था पौडेल र १० कि सुबिका बराल क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रेम गिरिले जानकारी दिए ।
विद्यालयका निर्देशक मित्रबन्धु बरालको अध्यक्षतामा सप्पन्न कार्यक्रममा बिधालयका प्राचार्य नरेशप्रसाद बराल, सह–प्राचार्यहरु क्रमश दिपेश बराल र दिपक पोख्रेलले आ–आफ्नो भनाइ राखेका अंग्रेजी विभाग प्रमुख अभिषेक कुवँरले बताए ।





