आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भलिबल संघ बागलुङको अध्यक्षमा योगेश भण्डारी

भलिबल संघ बागलुङको अध्यक्षमा योगेश भण्डारी


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७९, शुक्रबार

बागलुङ/ जिल्ला भलिबल संघ बागलुङको पाँँचौं जिल्ला अधिवेसनबाट योगेश भण्डारी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । बिहिवार भएको अधिवेसनमा भण्डारीको नेतृत्वमा जिल्ला संघको कार्यसमिति पनि निर्विरोध चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा गोरख भण्डारी र उपाध्यक्षमा किसोर थापा चयन भए । महासचिवमा सन्दिप पन्त र कोषाध्क्षमा प्रकाश थापा चयन भएका हुन् । निर्वतमान अध्यक्ष यामबहादुर श्रीषले दिएको जानकारी अनुसार सदस्यमा लुकु श्रीष, हिमाली रोका, निरकुमार घर्ती, लीलकुमार छन्त्याल, दिलीप थापा, तेजिन्द्र क्षेत्री, देवबहादुर श्रीष र अमृता जिसी छन् । निर्वाचित कार्यसमितिले बिहिवारै मनोनित गरेर कृष्ण शेरचन, द्रोण कार्की, सरोजकुमार घर्ती, मनबहादुर पुन र राजमान बुढालाइ पनि सदस्य चयन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->