आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमरसिंह र भद्रकालीलाई क्रिकेट उपाधि

अमरसिंह र भद्रकालीलाई क्रिकेट उपाधि


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

पोखरा/ ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्रछात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रतर्फ अमरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ अम्मरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला व्याटिङ गरेको अमरसिंहले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो ।

छात्रातर्फ भद्रकालिले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला व्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त ग¥यो । प्रतियोगितामा छात्रतर्फ अमरसिंहका सुदिप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट व्याट्स्म्यान भए । छात्रातर्फ अमरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ वेष्ट व्याट्सउमन बनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->