शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीलाई आर्कषक पर्यटकीय गन्तब्य बनाइने

बेनीलाई आर्कषक पर्यटकीय गन्तब्य बनाइने


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७९, बिहिबार

बेनी / बेनी नगरपालिकाको यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बुधबार जिसस सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले २०७८÷०७९ को कुल ७६ करोड ५४ लाख ३५ हजार रुपैयाँ बजेटमध्ये ६२ करोड ८५ लाख ४६ हजार रुपैया (८२.१२ प्रतिशत ) बजेट खर्च भएको बताए । विकासतर्फ रहेको बजेटमध्ये ७ करोड ९४ लाख २५ हजार रुपैया राज्यकोषमा फिर्ता भएको छ । चालु आवमा छनौट भएका ४७० योजना तथा कार्यक्रममध्ये ४२० योजना सम्झौता भएका छन् भने ४१८ योजना सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

चालु आवमा आर्थिक विकासतर्फ ४ करोड ६३ हजार रपैयाँ बजेटमध्ये ३ करोड ११ लाख ५५ हजार रुपैया, सामाजिक विकासतर्फ ३६ करोड ८६ लाख ९८ हजार रुपैयाँ बजेटमध्ये ३२ करोट ८४ लाख ९६ हजार रुपैया, पुर्वाधार विकासतर्फ १६ करोड ६३ लाख रुपैयाँ बजेटमध्ये ११ करोड ८६ लाख ८५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित ३ करोड ११ लाख १९ हजार रुपैयाँ बजेटमध्ये २ करोड १९ लाख ५५ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चतर्फ १५ करोड ८४ लाख २४ हजार रुपैयाँबजेट मध्ये १२ करोड ८२ लाख ५४ हजार रपैयाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ ।

नगरभित्र गौरवको आयोजनाको रुपमा रहेको रावण पार्क र खुल्ला मञ्च विसता तथा प्याराफिट निर्माण योजना निर्माधिन अवस्थामा रहेका छन् । सार्वजनिक सुनुवाइमा नगरप्रमुख सुरत केसीले बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको बताएका थिए । बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको बनाउनुभयो । मुस्ताङ जाने आउने र म्याग्दी आएका पाहुनाको बेनीमा बसाई लम्बाउने योजनाका लागि डिपिआर बनाउन आर्थिक वर्षमा बजेट बिनियोजन गरेको बताए। बेनीको अस्पतालचोक देखि बराहपाखो सामुदायिक वन हुदै बजार माथिबाट महारानीथान, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार पैदलमार्ग बनाउने, बजार पछाडिको नदि किनार र माथिको पाखोमा आकर्षक बगैचा बनाउने डिपिआर बनाउन लागिएको नगरप्रमुख केसीले बताए ।

यसैगरी बेनी भिडन्तमा गोली लागेर छियाछिया परेको विद्युतको पोललाई नगरपालिका परिसरमा रहेको बंकर नजिकै राखेर शान्ति स्मारक बनाउने, सहिदका तस्विर राख्ने र बेनी भिडन्तका तस्विर तथा दृष्य संग्रह गर्ने योजना अघि सारिएको बताए । तातोपानी कुण्डलाई प्राकृतिक स्थल बनाउने, नयाँ गन्तब्य पहिचान गरि निजी क्षेत्रको लगानी भित्र्याउने र बेनीको गुमेको ब्यापारिक साख फर्काउन सकिने नगरप्रमुख केसीले बताए । बेनीका छाडा चौपाया व्यवस्थापन गर्न लागिएको जानकारी दिदै नगरप्रमुख केसीले नगरको विकासका लागि सबै जनप्रतिनिधी एकतावद्ध भएको, कर्मचारीको साथ रहेको, संघ, प्रदेश सरकार र अन्य निकायसँग समन्वयमा जुटेको बताए । नगरउपप्रमुख ज्योति लामिछानेले दीर्घकालीन महत्वका योजना तथा कार्यक्रम छनौट गरेर त्यसलाई दिगो, पारदर्शी, जनसहभागितामूलक र प्रभावकारी बनाउन प्राथमिकता दिएको बताए ।

बेनीको खुल्ला मञ्च खेलमैदानलाई मिनि स्टेडियम बनाउने, रावण पार्क निर्माणलाई पूर्णता दिने, सडकमा नियमित यातायात सञ्चालन, खानेपानी सुविधा विस्तार र फोहोर व्यवस्थापन तथा सरसफाईमा जोड दिएको बताए । सार्वजनिक सुनुवाईमा सहभागि सर्वसाधारणहरुले नगरको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर कार्यान्वयन गर्न, सार्वजनिक जग्गाको अतिक्रमण हटाएर संरक्षण गर्न, बेनी बजारको जोखिमयुक्त तार हटाउन, योजना कार्यान्वयनमा हुने नातावाद र ढिलासुस्ति तथा अपारदर्शी क्रियाकलाप हटाउन, कार्यालयमा डिजिटल सूचना पाटी राख्न, कार्यालयको संरचनालाई अपाङ्गमैत्री बनाउन, स्तरोन्नति भएका सडकमा यातायात भाडादर समायोजन गर्न, फोहोर व्यवस्थापनलाई सुरक्षित बनाउन, पहिरो पिडितलाई निजी आवास पुनिर्माण गरेवापतको अनुदान छिटो उपलब्ध गराउन माग गरेका थिए ।

सरकारी कार्यालय अगाडीको फोहोर व्यवस्थापनमा ध्यान नदिइएको सहभागीले गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले कालोपत्र भएको सडकमा भाडादर समायोजनको तयारी भएको, स्थानीय तहका प्राविधिकले नापजाँच र सिफारिस गरेपछि पहिरो पिडितलाई घर निर्माण वापतको अनुदान उपलब्ध गराइने, सार्वजनिक कार्यालयलाई अपाङ्गमैत्री बनाउने बताए ।

केही बेनीबजारबासीले बेनीमा लागू गरिएको एकतर्फी यातायात हटाउन माग गरेपनि दुर्घटना घटेको, यातायात व्यवस्थापन सुधार भएको, पैदलयात्रुलाई सहज भएकाले निरन्तरता दिनुपर्ने प्रजिअ रानाको धारणा थियो । वडा नम्बर ७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायतले सहभागीले सोधेका प्रश्नको जफाव दिएका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाको संचालन रहेको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ म्याग्दीले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->