बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महिला र पुरुषमा फरक हुन्छ, हृदयघातको लक्षण

महिला र पुरुषमा फरक हुन्छ, हृदयघातको लक्षण


  • Dhorpatan News
  • असार ३१ २०७९, शुक्रबार

महिला र पुरुषको मुटु उस्तै देखिन्छ तर महिला र पुरुषको मुटुमा केही भिन्नता पनि छन् । उदाहरणका लागि, महिलाको मुटु तुलनात्मकरुपमा सानो हुन्छ, त्यस्तै मुटुको कोठा पनि सानै हुन्छ । मुटुको कोठालाई विभाजन गर्ने तह पनि महिलामा पातलो हुन्छ । महिलाको मुटुले पुरुषको भन्दा छिटो रगत तान्ने र फ्याँक्ने काम गर्छ । एकपटकमा महिलाको मुटुले १० प्रतिशत कम रगत फ्याँक्छ ।

महिलालाई तनाव बढ्दा उनीहरुको मुटुको गति बढ्छ र उनीहरुको मुटुले धेरै रगत तान्ने र फ्याँक्ने काम गर्छ । जबकि पुरुष तनावमा हुँदा उसको मुटुको धमनीहरु साँघुरो बन्छन्, जसको कारण उनको रक्तचाप बढ्छ । महिला र पुरुषको मुटुको अन्तर किन महत्वपूर्ण छ भने यस्तो अन्तरले मुटुसम्बन्धी रोगको लक्षण, उपचार त्यसको नतिजामा असर पार्छ ।

१. महिलामा हुने जोखिम, जुन पुरुषमा हुँदैन

केही रोग यस्ता हुन्छन्, जुन महिलामा मात्र देखिन्छ । जस्तै इन्डोमेट्रिओसिस, पोलिसाइस्टिक ओभरी डिजिज, गर्भावस्थामा देखिने मधुमेह र रक्तचापजस्ता रोगले महिलामा हृदयाघातको जोखिम बढाउँछ । विशेषगरी इन्डोमेट्रिओसिस रोगले महिलामा मुटुसम्बन्धी रोगको जोखिम चारगुणा बढाउँछ । त्यस्तै पुरुष र महिला दुवैमा देखिने मुटु रोगका कारकहरु उच्च रक्तचाप, सुगरको मात्रा बढ्नु, उच्च कोलस्टोरेल, धुम्रपान र मोटोपन हुन् । त्यस्तै पुरुषमा जस्तै महिलामा पनि वंशाणुगत कारणले पनि मुटुको रोग उत्पन्न हुन सक्छ ।

२.हृदयाघातको समस्या महिलामा ढिलो देखिन्छ

एस्ट्रोजेनले महिलाहरूलाई रजोनिवृत्ति पछि, एस्ट्रोजन स्तर घट्दासम्म मुटुसम्बन्धी रोगबाट केही सुरक्षा प्रदान गर्छ । त्यसैले महिलामा पहिलोपटक हृदयाघातको समस्या देखिने औसत उमेर ७० वर्ष रहेको छ भने पुरुषको औसत उमेर ६६ वर्ष छ ।

३. महिलामा देखिन्छ फरक लक्षण

हृदयाघातको समस्या हुँदा पुरुषमा अक्सर गरेर छाती दुख्ने लक्षण देखिन्छ। केही महिलामा पनि छाती दुख्ने समस्या देखिन्छ तर महिलामा हृदयाघात हुनुभन्दा तीन देखि चार साता पहिलादेखि नै विभिन्न किसमको लक्षण देखा पर्छन् । हृदयाघातको लक्षण देखिनुपूर्व नाटकीयरुपमा अत्यधिक थकान हुनु र घाँटी, ढाड वा मेरुदण्डको तल्लो वा माथिल्लो भागमा दुखाइ महसुस हुनेजस्ता समस्या देखिन सक्छ ।

४. महिलाहरुमा मुटुरोग पहिचान गर्न कठिन

मुटुको धमनी तथा शिराहरुको अवरोध तथा संकुचन पत्ता लगाउन एन्जियोग्राम सबैभन्दा राम्रो उपाय हो । तर, महिलाहरुको साना शिरा तथा धमनीमा हुने अवरोध भने एन्जियोग्रामबाट देख्न सकिँदैन। त्यसैले महिलामा मुटुरोग पत्ता लगाउन पनि कठिन हुने गर्छ ।

५. पुरुषलाई भन्दा महिलालाई बढी गाह्रो

हृदयाघात भएपछि महिलालाई पुरुषलाई जति छिटो निको हुँदैन। उनीहरुलाई लामो समय अस्पताल बस्नुपर्ने हुन्छ । साथै अस्पतालमा मृत्यु हुने जोखिम पनि महिलामा बढी हुन्छ। यसको प्रमुख कारण भनेको उनीहरुमा हुने मधुमेह वा उच्च रक्तचापजस्ता समस्या हुने गरेको छ। यी रोगको उपचार हुँदैन। कुनै अवस्थामा महिलाले आफूलाई भन्दा पनि परिवारलाई बढी ध्यान दिने हुनाले पनि उनीहरुमा बढी जोखिम देखिने गरेको छ ।

६. महिलाले हृदयाघातपछि उचित औषधि पाउँदैनन्

हृदयाघात पछि महिलामा रगत जम्ने जोखिम बढी हुन्छ, जसले उनीहरुलाई पुनः हृदयाघातको जोखिम बढाउँछ। तर, रगत जम्ने समस्या छ भन्ने थाहा नहुनाले उनीहरुले उचित औषधि पनि लिन पाउँदैनन्। त्यसैले पनि पुरुषको तुलनामा १२ महिनाभित्र महिलालाई पुनः हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

हृदयाघातबाट कसरी बच्ने ?

पुरुष वा महिला जे भए पनि हृदयाघातको जोखिम घटाउन कहिले पनि ढिला हुँदैन। त्यसका लागि निम्न कार्य गर्न जरुरी हुन्छ–
धूमपानबाट टाढा रहनु ।
नियमित शारीरिक अभ्यास गर्नु ।
कम्तीमा दैनिक ३० मिनेट हिँड्नुखानामा फलफूल, तरकारी, अन्न, माछाजस्ता पौष्टिक तत्व पाइने खानेकुरा खानु ।
शरीरको तौल, रक्तचाप, सुगरको स्तरलगायतलाई सन्तुलनमा राख्नु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->