पोखरा/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनका कारण देश संकटको डिलमा पुगेको दाबी गरेका छन् । उनले यो सरकारबाट विकास र समृद्धि सम्भव नभएको पनि बताए ।
गठबन्धनबाट नीतिगत नेतृत्व सम्भव छैन ।’गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक संकट देखिएको छ’, प्रेस चौतारी गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘गठबन्धनबाट विकास र समृद्धि सम्भव छैन ।’ गठबन्धनले नीतिगत विचलन, स्वार्थको सौदाबाजी, राजनीतिक अस्थिरता र विदेशी चलखेललाई निम्त्याएको पनि उनले बताए ।
नेपालको राजनीति दुई प्रवृत्तिको तीव्र संघर्षमा रहेको बताउँदै उनले पोखरेलले विकास र समृद्धिको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक भएको जिकिर पनि गरे । उनले देशमा अब धेरै राजनीतिक दलहरुको आवश्यता सकिएको टिप्पणी गरे । सामाजिक न्यायसहित लोक कल्याणकारी राज्य व्यवस्थाका माध्यमबाट समाजवादमा लैजाने बाटो र समाजलाई उदार पूँजीवादबाट बुर्जुवाकरण गर्ने बाटोमध्ये एउटातिर राजनीतिक धु्रवीकरण अपरिहार्य भएको उनको भनाइ थियो । ‘अब मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ । अब मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैन’,उनले थपे ।





