शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका मगर जनप्रतिनिधिलाई सम्मान

म्याग्दीका मगर जनप्रतिनिधिलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार

बेनी/ म्याग्दीको स्थानीय तहमा निर्वाचित मगर जनप्रतिनिधिलाई सम्मान गरिएको छ । मगर संघ म्याग्दीले स्थानीय तहमा म्याग्दी जिल्लामा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित वडा सदस्यलाई सम्मान गरेको हो । साउने सङ्क्रान्तिको अवसरमा मगर संघको सभाहलमा आयोजित सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजकुमार थापा, मंगला गापा अध्यक्ष सतप्रसाद रोका मालिका गापा प्रमुख वेगप्रसाद गर्वुजा,उपाध्यक्ष लक्ष्मीदेवी घर्ती, धवलागिरी गापा अध्यक्ष प्रेम पुन उपाध्यक्ष रमेश पुन, अन्नपुर्ण गापा अध्यक्ष भरत पुन, उपाध्यक्ष दिवा तिलिजा रघुगंगा उपाध्यक्ष प्रेमकुमारी पुन, २७ वडा अध्यक्ष सहित ११८ निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको मगर संघका सचिव खम थापा मगरले बताए ।

सोही अवसरमा म्याग्दीमा मगर समुदायका सरकारी निकायका प्रमुखलाई समेत सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी राना, शिक्षा समन्वय एकाई प्रमुख दल थापा, सामाजिक बिकास कार्यालय प्रमुख रमेश थापालाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा जातिय रुपमा सम्मानित भएपनि सम्रग समुदायको हित हुने गरी जनप्रतिनिधिले काम गरिरहेको बताइएको थियो । मगर बाहुल्यता रहेको म्याग्दीमा निर्वाचित जनप्रतिनिधिबाट मगर समुदायको इतिहासको संरक्षण तथा लोपउन्मुख कला र संस्कृतिको प्रर्वधनमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको मगर संघ म्याग्दीकी अध्यक्ष डकमायाँ पाईजाले बताईन् । म्याग्दीमा मगर समुदायबाट जिसस प्रमुख, गाउँपालिका उपप्रमुख ९ जना, २७ वडा अध्यक्ष सहित १सय १८ जना स्थानीय तहबाट निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->