पोखरा/ पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवाप्रति नेताहरुले आलोचना गरेका छन् । विपी कोइरालाको विचारलाई विर्सदै नेपाली कांग्रेस गलत मार्गतर्फ आकर्षित हुँदै गइरहेको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । प्रजातान्त्रि प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पस एकाइको आयोजनामा भएको ‘विपि कोइराला : व्यक्ति एक व्यक्तित्व अनेक’ विचार गोष्ठीमा बोल्दै नेताहरुले कांग्रेस दुई धारमा हिडेँको बताए ।
नेपाली कांग्रेस कास्कीका नेता देवराज चालिसेले पार्टी अहिले दुई लाईनको संघर्षमा उभ्एिको बताए । उनले २००३ सालदेखि नै पार्टी २ लाइनको संघर्षमा हिडेको सुनाए । विपि कोइरालाको समयमा पार्टी लेफ्ट टु सेन्टरको संघर्षमा हिडेपनि अहिले भने पार्टी सेन्टर टु राइट तर्फ हिडेको सुनाए । उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवालाई पार्टी भन्दा सत्ता प्यारो भएको आरोप समेत लगाए ।
‘कांग्रेसमा २००३ सालदेखि २ लाइन संघर्ष रहेछ “लेफ्ट टु सेन्टर, र अर्को लाइन सेन्टर टु राइट” जो सेन्टर टु राइटमा जान चाहान्छ त्यसले सत्तालाई प्रधान मान्छ, पदलाई मान्छ पार्टी जहाँसुकै जाओस् । मलाई पद चाहियो । त्यो सोचाईँ राख्छ’ उनले भने,‘ दोस्रो सोचाईँ जो लेफ्ट टु सेन्टर हुन्छ त्यसले पद ठूलो कुरा होइन् रुपान्तरण र परिवर्तन जनताको हासोँ र संवृद्धिका लागि हो ।’
उनले विपिलाई प्रधानमन्त्री बनाउन उनकी श्रीमती शुशिला कोइरालाई तयार नभएको र विरोध गर्दैगर्दा कार्यकर्ताको माझ लोकप्रिय भएको सुनाउँदै अहिले देउवा प्रधानमन्त्री हुँदा उनकी श्रीमती आरजुमाथि आरोपनै आरोप आउने गरेको उनले बताए ।
उनले अब कांग्रेसले शुशिला कोइराला जस्तो नपाउने तर, आरजु जस्तो आरोपमात्रै खाइरहने व्यक्ति पाउने भन्दै आरजुको कटाक्ष गरे । ‘विपीको श्रीमती कार्यकर्ताकै पंक्तिबाट आउनुभयो तर, अहिले हेर्दै छु हाम्रै वर्तमान प्रधानमन्त्रीको परिवारमा भने, आरोपै आरोपको वर्षा वर्षिएको छ । यो दुई किसिमको अन्तर नहोस्’ चालिसेले भने । यसले पार्टीमा नयाँ सत्कार र सभ्यताको विकास नहुने बताउँदै उनले कार्यकर्ताालाई मैले के पाउँछु वा के गुमाउछुबाट राजनिति सुरु नगर्न आग्रह गरे ।
कांग्रेसीहरुले अब गुमाउनका लागि केहिपनि बाकीँ नरहेको भन्दै दुःखेसो समते व्यक्त गरे । उनले पार्टीको विचारधार नै सुरक्षित गर्न संघर्षको घेरामा उभ्निपर्ने स्थिति आएको सुनाए । सत्तालाई प्रधान मानेर हिड्दा हिजो ७ प्रतिशतमा रहेका कम्युनिष्ट आज ५० प्रतिशत नाघिसकेको उनले बताए । देउवाप्रति संकेत गर्दै उनले सत्ता जितिरहँदा राजनितिमा हारिरहेको बताए । विपीले झैँ राजनिति जित्दा चुनाव हार्न समेत तयार हुनु देउवालाई घुमाउरो तरिकाले सुझाव समेत दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय नेता शेखर कोइरालाले विपि कोइरालाले राजनिति सुरु गर्दा कम्युनिष्ट रहेको बताए । हरेक व्यक्तिभित्र कम्युनिष्ट भावना पनि हुन आवश्यक रहेको प्रतिक्रिया दिए । ‘विपी कोइरालाले आफ्नो राजनिति जिवन सुरु गर्दा वहाँ कम्युनिष्ट हुनुहुन्थ्यो । ३ वर्ष जेल बस्दा वहाँले कम्युनिष्ट भएर गल्ती गरे की भन्ने लाग्यो । त्यसपछि मैले प्रचारहरु दिए, ३ वर्ष लगाएर वहाँले पढ्नु भयो’ उनले भने,‘पढिसकेपछाडी भन्नुभयो तिमी १६ वर्षका छौँं र तिमिमा कम्युनिष्ट छैन् भने तिम्रो हृदय छैन् तर, तिमी २६ वर्षका भयौ तर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन् ।’ उनले पार्टीमा अब रुपान्तरणको खाचोँ रहेको बताए । पार्टीमा विपिको विचार र सोचँ हराउँदै गएको र यसलाई बडकरार राख्न अत्यावश्यक रहेको सुनाए ।





