स्याङ्जा/ नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जा द्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हुन् ।
देशको अर्थिक अवस्था चौपट हुने दिशातर्फ गहिरहेका बेला देशका प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर देशको प्रमुख समस्या समाधान गर्नुपर्नेमा केही ठुला राजनीतिक दलहरुको देशको भन्दा दलिय चिन्ताका कारण गठबन्धनमा लागेर देशको प्रमुख समस्यालाई नजर अन्दाज गरेको उनको आरोप थियो ।
नेतृ अर्यालले भनिन्,– ‘मुलुकको अर्थतन्त्र धारासाही बन्दै गएको छ, महंगीले जनताको ढाड सेकेको छ । ठुला दलका नेताहरुलाई गठबन्धनको मात्रै चिन्ता छ, गठबन्धनको चिन्ताले मुलुक र जनताको जीवनलाई चौपट पार्न पाइदैन ।’
‘खेतीलगाउने बेलामा किसानलाई मल खै ? विद्यार्थीलाई पुस्तक र जनतालाई सहज खालको जीवन जिउने वातावरण बनाउने तर्फ गठबन्धनको ध्यानजानु पर्दैन ?’ अर्यालको प्रश्न थियो ।
एक फरक प्रसंगमा अर्यालले भनिन्– ‘स्थानीय तहको निर्वाचन सम्पन्नभएको र त्यसले नेकपाएमाले विरुद्ध पाँचदलीय गठबन्धनले सत्ताको दुरुपयोग गरे पनि एमाले मुलुकको ठुलो पार्टी हो भन्ने कुरा स्थापीत गरेको छ । यसमा गर्भ गर्नुपर्छ ।’ एमाले रहेसम्म एक्लै लड्न नसक्ने भएकोले एमालेका विरुद्धमा गठबन्धन गरिएको अर्याललको भनाइ थियोे ।





