बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित थपिए

बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७९, शुक्रबार

बागलुङ, १३ साउन– बागलुङमा बिहिवार ६ जना कोरोना संक्रमित थपिएका छन् । सदरमुकाममा ६ जना र गलकोटमा ६ जनामा गरिएको एन्टिजेन्ट परीक्षणमा तीन तीन जना भेटिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
यसअघि समेत देखिएका गरी जिल्लामा ३२ जना संक्रमित पुगिसकेका छन् । संक्रमितहरु अधिकांंस घरघरमा रहेपनि केहीलाई धौलागिरि अस्पताल र एकजनालाई पोखरा उपचारकालागि पठाइएको छ ।
ज्वरो आउने रुघाखोकी लाग्ने लक्षण भएकालाई एन्टिजेन्ट परीक्षण गरिएको र परीक्षण गरेका मध्ये आधा जसोमा संक्रमण देखिएको हो । संक्रमित बढेपछि धौलागिरि अस्पतालमा बिहिवार देखिनै पिसिआर परीक्षण समेत थालिएको छ ।
‘संक्रमण बढेकोले पिसिआर पनि गर्न थालिएको छ’ घिमिरेले भने ‘लक्षण सहितका बिरामी बढीरहेकोले संक्रमण प्रति सचेत बन्नुपर्ने अबस्था छ ।’ संक्रमण बढेपछि बागलुङ उद्योग बाणिज्य संघ र उपभोक्ता मंचले बिज्ञप्ती प्रकाशित गरेर व्यवसाय गर्दा पनि सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->