बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मधुमेहले यौनमा पार्ने असर

मधुमेहले यौनमा पार्ने असर


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७९, शुक्रबार

मधुमेह हाम्रो रगतमा ग्लुकोज वा सुगरको मात्रा आवश्यकताभन्दा बढी भए लाग्ने रोग हो । यसले अन्य केही रोग पनि निम्त्याउन सक्ने सम्भावना हुन्छ। जसमा मुटुसम्बन्धी रोग, मिर्गौला फेल हुनु र हृदयाघातजस्ता समस्या पर्छन् ।

यद्यपि धेरैलाई यसले मानिसको यौन जीवनमा पनि असर गर्छ भन्ने थाहा नहुन सक्छ । अमेरिकन डाइबिटिज एसोसिएसनका अनुसार मधुमेह भएका मानिसको यौनजन्य समस्या पनि देखिन सक्छ ।मधुमेहबारे जानकार भारतीय विशेषज्ञ डाक्टर रितेश गुप्ता भन्छन्, ‘मधुमेहले यौन जीवनमा नकारात्मक असर गर्न सक्छ किनकि यसले मानिसको नसा, रक्तसञ्चार र हर्मोनमा असर गर्छ । साथै यो जटिल रोगसँग लड्दाको तनावले पनि मानिसको यौन जीवन प्रभावित बन्न सक्छ ।’

पुरुषमा असर

विशेषज्ञहरुका अनुसार मधुमेह भएका पुरुषमा एरेक्टाइल डिस्फंक्सनको समस्या देखिन्छ । यो समस्या भएका मानिसमा यौन चाहना नहुने, शीघ्रपतनजस्ता समस्याहरु देखा पर्छ । उच्च रक्तचापले मानिसको नसाहरु र रक्तसञ्चार प्रभावित हुनाले यौन चाहना भएको समयमा पनि यौन उत्तेजना भने नहुने समस्या हुन्छ ।
महिलामा असर
महिलामा पनि मधुमेहले यौन चाहना घटाउँछ । ‘मधुमेह भएका महिलामा यौन चाहना कम हुन्छ । अनियन्त्रित सुगरको मात्राले जेन्टिअल संक्रमण हुन सक्छ । जसले यौन गतिविधिलाई पनि असर गर्न सक्छ ।

मधुमेहका किसिमहरु

मधुमेह हुने प्रारम्भिक कारणको आधारमा सामान्यतया यसलाई २ किसिममा विभाजन गरिएको छ ।

पहिलो

शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कमहुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बाच्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जिवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लापातला मानिसमा बढी देखिने गर्दछ ।

दोस्रो

शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाँही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ । यस्तो मधुमेह सामान्यतया ४० बषको उमेरपछि प्रायःमोटाघाटा व्यक्तिहरुमा देखापरेको पाइन्छ ।

मधुमेह रोगका लक्षणहरु :

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
पटक पटक पिसाब हुनु ।
पिसाबको मात्रा धेरै हुनु ।
राम्ररी खाना खाए पनि दुब्लाउदै जानु ।
रुचि बढ्नु वा भोक धेरै लाग्नु ।
बराबर घाउ खटिरा आउनु तर समयमानिको नहुनु ।
शरीर खास गरी गुप्ताङ्ग चिलाउनु ।
दृष्टि धमिलो हुनु ।
हातगोडा झमझमाउनु ।
उपरोक्त लक्षणहरु देखापरेमा बेलैमा जाँच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्दछ । रगतमा चिनी धेरै बढी वा धेरै कम हुँदा पनि मानिस बेहोस हुनक्छ । बेलैमा नियन्त्रणमा राख्ननसकेका खण्डमा मधुमेहले शरीरका अति महत्वपूर्ण अंगहरु जस्तै ः आँखा,मुटु,मृगौला,दिमाग र रगततथा स्नायुका नसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेहको बेलैमा जाँच र उपचार आवश्यक हुन्छ ।

मधुमेहबाट बच्ने उपायहरु

१.शारीरीक रुपमा सक्रिय रहने । जस्तै : हरेक दिन कम्तिमा ३० मिनेट जति हल्का पसिना आउने गरी हिँड्ने वा योगा गर्ने वा कुनै न कुनै रुपमा शरीर सक्रिय हुने त्रियाकलाप गर्ने ।
२.उचाइअनुसार तौल कायम राख्ने ।
३.प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
४.चुरोट, बिँडी, सूर्ति, तमाखु, खैनी, जर्दा आदि सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
५.चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने ।
६.छोरी, बुहारीलाई पौष्टिक आहार खुवाउने ।
७.बच्चालाई २ वर्षको उमेरसम्म स्तनपन गराउन प्रोत्साहित गर्ने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->