आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खुल्ला फुटसलको उपाधी गुठी युनाईटेडलाई

खुल्ला फुटसलको उपाधी गुठी युनाईटेडलाई


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७९, आइतबार

बागलुङ/चिल्ड्रेन लाईफ स्पोर्टस क्लब बागलुङले आयोजना गरेको खुल्ला फुटसल प्रतियोगिताको उपाधी गुठी युनाईटेड बागलुङले जीतेको छ ।
शनिबार दिउँसो भएको फाईनल खेलको ‘सडेन डेथ’मा गुठीले थापाठाना एफसी पर्वतलाई पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समयमा एक÷एक गोल गरेका दुवै समुहले ट्राईवेकरमा समान दुई दुई गोल गरेका थिए । प्रतियोगिताका निर्णयकले उपाधीकालागि खेललाई ‘सडेन डेथ’मा प्रवेश गराएका थिए ।

उपाधीसँगै गुठी युनाईटेडले नगद ४१ हजार एक सय ११ रुपैयाँ जितेको छ । उपबिजेता थापाठानाले २१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । शनिबार विहान भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थापाठानाले आयोजक चिल्ड्रेन लाईफ स्पोर्टस क्लब (रातो)लाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको थियो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि फाइनल पुग्ने टिमको टुंगो टाईब्रेकरबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफको एक प्रहार थापाठानाका किपरले बचाउँ गर्दै टिमलाई फाइनलमा प्रवेश गराएका थिए । यस्तै शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा गुठीले हाइकर्स युनाईटेडलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश थियो । पहिलो हाफको अन्तिम समयमा १ गोल गरेको गुठीले दोस्रो हाफमा थप १ गोल गर्दै जित सुनिश्चित गरेको थियो । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । यस्तै विधागततर्फ उकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता समेत पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->