बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढोरपाटनमा निशुल्क स्वास्थ्य शिविर

ढोरपाटनमा निशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७९, सोमबार

बागलुङ/ नेपाली सेनाको देवीबक्स गुल्मको आयोजनामा ढोरपाटनमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ढोरबराह मेला भर्न आएका भक्तजन र स्थानीयको स्वास्थ्यको ख्याल गरेर शिविर संचालन भएको हो । शिविरमा ४ सय ७१ जनाले निशुल्क सेवा पाएको गुल्मपति सेनानी बिनिश श्रेष्ठले बताए ।

भौगोलिक रुपमा बिकट र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई यो शिविरले ठूलो राहत मिलेको हो । सेनाको चिकित्सक टोलीले सेवा प्रवाह गरेपनि ढोरपाटन नगरपालिका, स्वास्थ्य कार्यालय बागलुङ र लायन्स क्लब अफ ढोरपाटनको सहयोगमा शिविर संचालन भएको थियो ।

शिविरमा १ सय ८५ पुरुषले सेवा लिंदा २ सय ४९ जना महिला र ३७ जना बालबालिकालाई उपचार सेवा दिइएको हो । शिविरमा जनरत ओपिडीबाहेक आँखा तथा डेन्टर सेवा पनि प्रवाह भएको थियो ।सेनाको २३ नम्बर बाहिनी अड्डाको फिए गुल्मका प्राविधिक उपसेनानी डा. शिशिर खांड, नगरपालिकाबाट खटिएका सिभिल डा. मनोज कार्की, परिचालिका अञ्जु सुवेदीसहित लायन्य क्लब अफ ढोरपाटनका प्रतिनिधि रुद्र खत्री र गुल्मका स्वास्थ्यकर्मी टोलीले सेवा प्रवाह गरेका थिए ।

सेनाले समय समयमा शिविरमार्फत स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । ढोरपाटनमा अन्य स्वास्थ्य संस्था नभएको र नियमित काम गर्ने स्थानीयलाई आइपर्ने स्वास्थ्य सेवा र उपचारमा समस्या परेपछि अन्य समयमा पनि गुल्ममा आएर औषधी खानेहरु बढीरहेको सहसेनानी सागर रोकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->