पोखरा/ तत्कालीन धौलागिरी अञ्चल नेपाली खेलकुदमा उत्कृष्टमध्येकै एक थियो । अहिले गण्डकी प्रदेशमा पनि बागलुङ खेलकुदमा उत्कृष्ट रहेको हालै सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डले देखायो । जहाँ वागलु«ङ च्याम्पियन बन्न सफल रह्यो । धवलागिरीबाट ओलम्पिकसम्मका खेलाडी उत्पादन भए ।
नेपाली खेलकुदको इतिहासमा ओलम्पिकसम्म पुग्ने खेलाडी निकै कम छन् । त्यस्तो अवस्थामा समेत धवलागिरीबाट राष्ट्रिय स्तरका मात्रै नभई अन्तर्राष्ट्रियस्तरकै खेलाडी उत्पादन भइसकेको छ । धवलागिरीको खेलकुदमा योगदान ठूलो रहेपनि अहिलेसम्म धवलागिरीबाट खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्मा कमैमात्र पुगेका छन् । खेलाडी उत्पादन गर्ने धवलागिरीले नेतृत्व तहमा पाएको भनेको सेतेरियो कराँतेका खेलाडी सम्पन्न श्रेष्ठ मात्रै हुन् ।
धवलागिरीबाटै उनी एक मात्र खेलकुदको सर्वोच्च निकायमा पुग्ने खेलाडी हुन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य, कार्यवाहक अध्यक्ष हुँदै अध्यक्षको रुपमा काम गरेका उनले धवलागिरी क्षेत्रमा खेलकुदको पुर्वाधारमा समेत उत्तिकै महत्वपूर्ण काम गरेका छन् ।
२०५१ सालबाट खेल्न सुरु गरेका उनले ७ वर्षमात्रै खेलाडी बने ।त्यो अवधिमा उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिता समेत खेलिसकेका छन् । ‘हाम्रा पालामा त्यतिधेरै प्रतियोगिता हँुदैन्थ्यो’, उनले भने, ‘नकआउट टुर्नामेन्टहरु मैले खेले खेलाडी बनेर लामो समय बसिन ।’ पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेपछि उनी खेल्न छाडे । त्यसपछि नेतृत्वतर्फ लागि परे ।
२०६५ सालमा फुल कन्ट्क्याट कराँतेमा आबद्ध हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेको उनी त्यसपछि मुआथाइतर्फ लागे । जुन रुपले फुल कन्ट्याक्ट कराते संघको स्थापना भएको थियो त्यो अनुसार काम भने हुन सकेन् । पछि कराँतेभित्रका विभिन्न विद्याहरु छुट्टिएर टुक्रिन थाल्यो । यो उनका लागि तीतो अनुभव हो । जुन लक्ष्य र योजनाका साथ खोलिएको थियो त्यो पूरा हुन सकिरहेको थिएन् ।
कराँतेलाई व्यस्थित ढंगले लाने सोचले अघिबढ्दा समस्या आएपछि पद छाड्दै मुआथाइमा लागे । ‘त्यतिबेला हामीले एक किसिमको योजना बनाएर जान खोजेका थियाँै तर कराँतेका विभिन्न खेलहरु छुट्टिदै जादाँ धेरै संघ पनि भए र मैले त्यहाँ छाडेँ’,उनले भने ।
विभिन्न देश भ्रमण समेत गरिसकेको उनले नेपाली खेलकुदको विकासमा राज्यको लगानी उपयुक्त तरिकाले नभएको गुनासो समेत पोख्छन् । ‘मैले नेतृत्व लिदैँगर्दा पनि यो समस्या आएको थियो । वागलुङमा
हाइअल्टिच्युट मैदान निमार्णका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै त्यहाँ लगेको थिएँ’, उनले थपे,‘प्रधानमन्त्री स्वयम्ले हेरेपछि त्यहाँ बनाउने निर्णय भयो तर पछि असफल हुनपुग्यो ।’ धेरै खेलकुद संघमा आबद्ध उनी अहिले मुआथाइका केन्द्रीय अध्यक्ष हुन् । २०७५ सालमा पश्चिमाञ्चल खेलकुद विकास समितिको सदस्य हुँदै अध्यक्ष भए ।
त्यसपछि उनी २०७७ सालमा राखेप सदस्य हुन भए । यो उच्च पद धवलागिरीकै पहिलो हो । कुनैपनि खेलकर्मी त्यहाँसम्म पुग्न सकेका छैनन् । धौवलागिरी अञ्चल खेलकुदको उर्वर भुमि रहेपनि नेतृत्व गर्ने स्थानसम्म पुग्न नसकेको उनको ठम्याई छ । धौवलागिरी नेतृत्वका लागि भन्दापनि खेलाडी उत्पादनकै लागि मात्र अघि बढिरहेको श्रेष्ठ बताउँछन् ।





