बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एमालेले कास्की-१ बाट झलक सुवेदी सहित यी नेतालाई गर्यो सिफारिस

एमालेले कास्की-१ बाट झलक सुवेदी सहित यी नेतालाई गर्यो सिफारिस


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७९, मंगलबार
झलक सु्वेदी

पोखरा – नेकपा एमाले कास्कीले लेखक तथा विश्लेषक झलक सुवेदीलाई कास्की(१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ। सुवेदीले २०४३ सालदेखि अखिलको राजनीति गरेका थिए । हाल उनी प्राज्ञिक क्षेत्रमा सक्रिय छन्।

यो क्षेत्रबाट सुवेदीसहित संगठन विभाग प्रमुख खगराज अधिकारी, जिल्ला अध्यक्ष मनबहादुर गुरूङ, पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, पुष्पज्योति ढुंगाना, कालिदास सुवेदी, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई पनि सिफारिस गरेको छ ।

एमाले कास्की-१ क्षेत्रीय कमिटीले उम्मेदवार दाबी गरेकाहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीले सोमबार सवै उम्मेदवारलाई प्रदेश कमिटीमा सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट एमाले संगठन विभाग प्रमुख खगराज निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->