बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के हो बाथ रोग ? यसरी गरौं समाधान

के हो बाथ रोग ? यसरी गरौं समाधान


  • कृष्ण कुमार सैजु
  • असोज ७ २०७९, शुक्रबार

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर सुरुवात हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाएपनी प्रयाः सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको समान नै हो । धेरैजसो जोर्नी दुख्ने रोगलाई बाथ भन्ने चलन छ । यो रोगको सहि उपचार नहुनाले मानिस पिडा सहेर बस्न बाध्य भएका छन् । के बाथ रोग जोर्नीको दुखाईलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के–के हुन् ? कसले र कहाँ यसको उपचार गर्ने ? जस्ता जिज्ञासा सबैको मनमा उब्जिरहेको हुनसक्छ ।

रोगले बढी असर पारेको अवस्थामा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा पिसाव नली जस्ता अंगको इन्फेक्सन बढी र जटिलरूपमा देखिने सम्भावना हुन्छ ।

सांसारभरिकै मानिसमा स्वास्थ्य समस्या एकपछि अर्को थपिँदै गएको पाइन्छ । पछिल्लो समय नसर्ने रोगको वृद्धिसँगै बाथ रोग पनि एक जटिल समस्याका रूपमा देखापरेको छ । यसमा पनि र्युमटोइड आरथ्राइटिस भनेर चिनिँदै आएको बाथ रोगको समस्याले अहिले धेरै मानिस पीडित छन् । यस रोगबारे मानिसमा जानकारीको अभावले पनि रोगीहरू उपचारका लागि अलमलिरहेका देखिन्छन् । तसर्थ उपचार गर्नुभन्दा अघि यस रोगका बारेमा जान्नु जरुरी छ ।

र्युमटोइड आरथ्राइटिस कस्तो रोग हो ?

र्युमटोइड आरथ्राइटिस वयश्क तथा बढ्दो उमेरमा देखिने एक दीर्घ बाथरोग हो । बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र यससँग सम्बन्धित अन्य अंग (हाड, मांसपेशी र यिनीहरूलाई एक–आपसमा जोडेर सम्बन्ध स्थापित गर्ने नशाहरू) दुख्ने, सुन्निने र जोर्नी अररो भई राम्ररी काम गर्न नसक्ने अवस्था बुझिन्छ । सम्पूर्ण जनसंख्याको करिब १ प्रतिशतमा देखिने यो रोग नेपालमा करिब ३ लाख जति व्यक्तिलाई भएको अनुमान गर्न सकिन्छ ।

कसरी हुन्छ ?

विभिन्न खोज र अनुसन्धानका बाबजुद पनि यो रोगको यकिन कारण पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरूका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्वहरूले यो रोग गराउनमा प्रमुख भूमिका खेलेका हुन्छन् ।

र्युमटोइड आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ । यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाडनष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ ।

कसरी चिन्ने ?

र्युमटोइड आरथ्राइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो । रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू (विशेष गरी औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने सुन्निने र अररो हुन्छन् । बिहानपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुल खोल्न तथा राती सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ ।

रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटुर फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्ग जस्ता अंगको इन्फेक्सन बढी र जटिल रूपमा देखिने सम्भावना हुन्छ ।

यसका दीर्घकालीन असरहरू

समयमै सही उपचार नभएमा र्युमटोइड आरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ । कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहनसक्छ ।

र्युमटोइर्ड फ्याक्टर के हो ?

र्युमटोइड फ्याक्टर सामान्यतया र्युमटोइड आरथ्राइटिसका बिरामीको रगतमा पाइने आफ्नै शरीरको प्रतिरोधात्मक शक्तिबिरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो । यो रोगबाट ग्रसितमध्ये करिब दुई तिहाइ बिरामीको रगतमा देखिने यस्तो प्रोटिन कहिलेकाहीं स्वस्थ मानिस, तथा बाथ बाहेकका अन्य रोगीहरूमा पनि देखिन सक्छ । त्यसैले ¥युमटोइड फ्याक्टर पोजिटिभ देखिएमा नहुने भन्ने हुँदैन । रोगको निदानमा सहयोगी मात्र हुने यो जाँच पटक–पटक गरिरहनु जरुरी पनि हुँदैन ।

यसको उपचार कसरी गरिन्छ ?

मधुमेह उच्च रक्तचाप तथा मुटुको रोग जस्तै ¥युमटोइड आरथ्राइटिस पनि पूर्णरूपमा निको पार्न नसकिने एक दीर्घ रोग हो । जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो ।

र्युमटोइड आरथ्राइटिसको उपचारमा विभिन्न औषधिहरू, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरूको समेत प्रयोग गरिन्छ । कतिपय अवस्थामा जोर्नीको शल्य चिकित्साको पनि आवश्यकता पर्न सक्दछ ।

र्युमटोइड आरथ्राइटिसको उपचारमा मुख्यतः रोगलाई नियन्ण गर्ने र सुजन कम गर्ने औषधिहरू प्रयोग गरिन्छ । एकाध जोर्नीमा मात्र रोगले च्यापेको खण्डमा त्यो जोर्नीमा सोझै स्टेरोइड औषधिको सुई दिएर पनि सुजन कम गर्न सकिन्छ । सुजन कम गर्ने तथा रोगलाई नियन्त्रणमा राखेर सम्भाव्य जटिलताबाट जोगाउने विभिन्न औषधिहरू विज्ञ चिकित्सकको सल्लाह र निगरानीमा रोगको कडापन र प्रकृति हेरी लामो समयसम्म र सम्भवतः जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । उपचारको क्रममा आएको सुधार हेर्न तथा औषधिको हानिकारक असर एवं रोगका जटिलताहरू मूल्यांकन गर्नका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण तथा रगत जाँचको आवश्यकता पर्दछ ।

धेरै दुखेका तथा सुन्निएका जोर्नीहरूलाई पर्याप्त आरामको जरुरत पर्दछ । नियमित रूपमा मनतातो पानीले सेकेर पनि दुःखाइ र अररोपन कम गर्न सकिन्छ । तर, जोर्नी जाम हुनबाट जोगाउनका लागि जोर्नीको दुःखाइ र सुजन कम हुने वित्तिकै जोर्नी चलाउन र पर्याप्त कसरत गर्न थाल्नु पर्दछ ।

खानेकुरा र यसको सम्बन्ध

र्युमटोइड आरथ्राइटिसका बिरामीलाई यथेष्ट मात्रामा क्यालोरी, प्रोटिन र भिटामिनयुक्त स्वस्थकर तथा सन्तुलित भोजनको आवश्यकता पर्दछ । शरीरमा रोगको दीर्घ प्रभाव तथा औषधिको सम्भावित हानिकारक असरहरूबाट जोगिन पनि यस्तो खाना अत्यावश्यक हुन्छ । हाम्रो समाजमा विभिन्न खानेकुराहरूले यो रोग बढाउने विश्वास गरिन्छ, तर यसमा कुनै वैज्ञानिक आधार भेटिएको छैन । धुम्रपानले र्युमटोइड आरथ्राइटिस बढाउन सक्ने, औषधिको प्रभावकारिता घटाउन सक्ने तथा विभिन्न हानिकारक असरसमेत निम्त्याउन सक्ने भएकाले यसबाट टाढै रहनु पर्दछ । त्यस्तै, जाँडरक्सीको सेवनले औषधिको हानिकारक असरलाई बढाउन सक्ने भएकाले यसबाट पनि जोगिनु जरुरी छ ।

नेपाली समाजमा चिप्लेकिराको मासु खाएर, स्यालको मासुबाट तयार पारिएको रक्सी सेवन गरेर, बिजुलीको तेल तथा रक्सीले जोर्नी सेकेर वा विभिन्न जडीबुटीको प्रयोगबाट बाथरोगीलाई फाइदा पुग्ने विश्वास गरिन्छ, जसमा कुनै वैज्ञानिक आधार भने छैन । प्राकृतिक चिकित्सा, एक्युपन्चर, एक्युप्रेसर लगायतका विभिन्न वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुःखाइबाट क्षणिक राहत दिए पनिरोग नियन्त्रण गर्न तथा सम्भाव्य जटिलताबाट जोगाउन खासै सहयोग गरेको पाइएको छ ।

१. तपाईंले के गर्नु जरुरी छ ?

धुम्रपान बन्दः धुम्रपानले बाथका रोगहरू उब्जाउने भएकाले रोगलाई बढाउने मात्र नभई औषधिको प्रभावकारितमा ह्रास ल्याउने र हानिकारक असरहरू समेत बढाउन सक्ने भएकाले यसलाई तुरुन्त बन्द गर्नुपर्दछ ।

मद्यपान बन्दः सल्फासालाजिन सेवन गर्ने व्यक्तिले मद्यपान गरेमा कलेजोमा थप हानिकारक असर पर्न सक्ने भएकाले मद्यपानबाट टाढै रहनु आवश्यक हुन्छ ।
नियमित रगत परीक्षणः सल्फासालाजिनले कलेजो तथा रगतमा असर पारेको छैन भनी यकिन हुन चिकित्सकको सल्लाहमा केही महिनाको अन्तरमा रगतको जाँच गर्न आवश्यक छ ।

गर्भाधान तथा बच्चालाई स्तनपानः सल्फासालाजिनले गर्भमा रहेका बच्चालाई हानी गर्न सक्ने भएकाले गर्भ रहेको अवस्थामा वा गर्भवती हुने निर्णय लिएको अवस्थामा यो ओषधि सेवन गर्नु हुँदैन । सल्फासालाजिन सेवन गरिरहेको अवस्थामा सन्तान जन्माउने विचारमा हुनुहुन्छ भने पुरुष वा महिला जोसुकैले चिकित्सकको सल्लाहमा केही महिनाअघि नै औषधि रोक्नुपर्दछ । साथै सल्फासालाजिन प्रयोग गर्ने सुत्केरी महिलाले स्तनपान गराउनु हुँदैन ।

फोलिक एसिडः सल्फासालाजिनले आन्द्राबाट फोलिक एसिड सोसिनमा व्यवधान पुर्याउने भएकाले यो सेवन गर्ने बिरामीले प्रशस्त मात्रामा फोलिक एसिड भएका खानेकुराहरू (सागसब्जी, माछा, मासु, फलफूआदि) वा फोलिक एसिड ट्याबलेटको सेवन गर्नु पर्दछ ।

प्रशस्त मात्रामा झोलपदार्थ खानेः सल्फासालाजिनका अवयवहरू मृगौलामा थेग्रिएर असर नगरुन् भन्ने उद्देश्यले यो औषधि प्रयोग गर्ने बिरामीले प्रशस्त मात्रामा झोपदार्थ खानुपर्छ । साथै औषधि इनटेरिक कोटेड ट्याबलेटको रूपमा छ भने यसलाई सिंगै निल्नुपर्छ । भाँचेर, फुटाएर वा पिसेर सेवन गर्नुहुँदैन ।

२. औषधिको हानिकारक असर

सामान्य असरहरूः वाकवाकी लाग्ने, बान्ता हुन सक्ने, खानामा अरूचि हुने, टाउको दुख्न सक्ने । औषधि खाएको केही दिनसम्म रहनसक्ने यी सामान्य असरहरू औषधि खाँदै जाँदा विस्तारै ठीक भएर जान्छन् ।
एलर्जीः कसै–कसैमा यसको प्रयोगले छाला चिलाउने, डाबर आउने, घाममा बस्दा छाला डढ्ने, छालामा विभिन्न किसिमका खटिरा आउने हुन सक्छ । यस्तो भएमा चिकित्सकको सिफारिसमा औषधि बन्द गर्नुपर्ने हुन्छ ।
अन्य असरहरूः सल्फासालाजिनको प्रयोगले अत्यन्त बिरलै रूपमा रगत कम हुने तथा कलेजोमा असर पर्न सक्दछ । कहिलेकाहीं यो औषधिको प्रयोगले पुरुषमा विर्य पातलो हुन सक्छ । तर, सामान्यतया औषधि रोके २ देखि ३ महिनापछि यो आफैं ठीक भएर जान्छ ।

अरू औषधिसँगको अन्तर असरः सल्फासालाजिनको अरू केही औषधिसँग अन्तर असर हुन सक्ने भएकाले एन्टासिड, आरन, फोलिकएसिड तथा क्याल्सियम जस्ता औषधि सल्फासालाजिन खाएको ४ घण्टाभित्र नखानुहोस् । थप जानकारीका लागि अस्पताल, क्लिनिकवा औषधि पसलमा सम्पर्क राख्नुहोस् ।

३. औषधि कहिले रोक्नुपर्ने हुन्छ ?

सन्तान जन्माउने विचार आएमा, औषधिको एलर्जी वा अन्य हानिकारक असरहरू भएको शंका लागेमा, आन्द्रामा अवरोध आई दिसा तथा मूत्रनलीमा अवरोध आई पिसाब रोकिएको अवस्थामा र सिकिस्त बिरामी भएको खण्डमा ।

लेफ्लुनोमाइडः एक जानकारी
१) लेफ्लुनोमाइड कस्तो औषधि हो ?
लेफ्लुनोमाइड विभिन्न किसिमका बाथको उपचारमा प्रयोग हुने औषधि हो । यो औषधि सेवन गर्दा तपाईंले चिकित्सकको सम्पर्कमा रहेर नियमित रूपमा रगत परीक्षण गराउनुपर्दछ ।
हरेक दिन खानेः लेफ्लुनोमाइड चिकित्सकको सिफारिसमा हरेक दिन वा एक दिन बिराएर नियमित रूपमा सेवन गर्नुपर्दछ । सामान्यतया यसको डोज १० देखि २० मिलिग्राम प्रतिदिन हुन्छ । यसलाई घरमा राख्दा चिसो तर सुख्खा ठाउँमा सुरक्षित राख्नुहोस् ।
धैर्य गर्नुहोसः लेफ्लुनोमाइडले विस्तारै काम गर्दछ र रोगविरुद्ध यसको सकारात्मक असर देखिन सामान्यतया ६ देखि ८ हप्ता लाग्नसक्छ, त्यसैले हतार नगर्नुहोस् ।
इन्फेक्सन (संक्रमण)
लेफ्लुनोमाइडले रोगसँग लड्न सक्ने शरीरको प्रतिरक्षा क्षमतामा कमी ल्याउन सक्ने भएकाले ज्वरो आएमा वा इन्फेक्सनको शंका लागेमा केही समयका लागि औषधि बन्द गर्नुपर्ने हुन सक्छ । परामर्शका लागि क्लिनिक वा अस्पतालमा सम्पर्क राख्नुहोस् ।
बाथ रोगको लागि स्टिम बाथ र साउना बाथ
स्टिम बाथ र साउना बाथ यो एक बिशेष प्रकारको प्राचिन, प्रत्यक्ष असरदार र प्रभावकारी उपचार पद्दति हो जुन चिन र पश्चिमी देशहरूमा अहिले एक प्रकारको शौखको रूपमा विकाश भईरहेको छ तर यो एक उपचार पद्दति हो । स्टिम बाथ र साउना बाथले बाथ रोगीलाई पुर्ण रूपमा आराम प्रदान गर्छ । स्टिम बाथ र साउना बाथले जोर्नी खुकुलो बनाउँछ, दुखाई कम गर्छ, शरिरीक तथा मानशिक थकावट कम गर्छ, रक्तसंचारलाई सहज बनाउँछ र सबैखालको बाथरोगबाट राहात प्रदान गर्छ ।
गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ ।
गर्मी महिनामा पनि स्टिम र साउना लिने गरिन्छ । यसलाई शरीर तातो बनाउने उपायका रुपमा मात्र नभई शरीरबाट पसिना निकाली स्वस्थ रहने उपायका रुपमा लिनुपर्ने हुन्छ ।
स्टिम र साउनासँगै आयुर्वेदिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ ।
बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरुले स्टिम र साउना लिदाँ उपयुक्त हुन्छ । जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम र साउना बाथले जोर्नीहरु खुकुलो बनाउन सहयोग गर्छ ।
नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रसस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->