बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यौन दुर्वलता के हो ? के छ समाधान ?

यौन दुर्वलता के हो ? के छ समाधान ?


  • कृष्ण कुमार सैजु
  • असोज १४ २०७९, शुक्रबार

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकृत दिनचर्या र बिबिध प्रकारका दुषसंगतिहरूले गर्दा मानव शरीरको स्टामिनासंगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा बिकारहरूले सजिलै आक्रमण गर्छ । यि र यस्तै कारणले देखिने समस्याहरूमध्य यौन दुर्वलता पनि एक ब्यापक समस्या हो ।

यौन दुर्लवलता अर्थात् यौन इच्छामा कमी हुनुलाई नै यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमी हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ भने यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । यसो भनिरहँदा यौन दुर्बलता पुरूषमा मात्र होइन महिलामा पनि हुन सक्छ । अर्थात् यो वा त्यो जुनसुकै कारणले पनि महिला पुरूष दुबैमा यौनको भोक नलाग्नु वा यौनको प्यास मेट्न नसक्नु यौन दुर्वलता हो ।

बिषय गम्भिर भएतापनि गोप्य नै राखिने बिषय हो यो । नेपाली संस्कारमा मात्र हो यौन र यौन समस्या सम्बन्धिका कुरालाई संकुचित दृष्टिले हेर्ने, अन्य बिकसित राष्ट्रहरूमा यौन र यौन समस्यालाई खुलेर बहस गर्छन् र समाधान पनि । समस्यालाई जति कुन्ठायो उति नै बढदै जान्छ र पछि गएर एउटा समस्याको रुपमा सताउन सुरू गर्छ र कहीँ कसैलाई त बिकाराल मानशिक समस्याको रूपमा पनि देखा पर्न सक्छ ।

यौन दुर्वलता देखिनुको प्रमुख कारण मनोविज्ञान, तनाव, हर्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु हो । त्यसबाहेक व्यक्तिको खानपान, रहनसहन तथा जीवनशैलीले पनि यौन दुर्वलता बढाउन लागि मद्धत गर्छ ।

यौन दुर्बलता एक दुईवटा कारणहरुले हुने होइन । यद्धपी केही यस्ता कारण छन् त्यसले अन्य स्वास्थ्य समस्यासंगै यौन दुर्बलतामा अधकेल्छ नै । त्यस्तो कारणमा प्रमुख रुपमा आउँछ धूमपान, मध्यपन, मानसिक तनाव र कुनै दिर्घ रोग ।

लिंगमा मसिना रक्तनली हुन्छन् धूमपानले ती मसिना रक्तनलीलाई साँघुरो बनाउँछ । जसले लिंगमा रक्त प्रवाहमा अवरोध पैदा हुन्छ । जब रक्तप्रभाव नै बन्द भयो भने लिंगमा कडापन हुन सक्दैन् ।
त्यस्तै मद्यपान, उच्च रक्तचाप, मधुमेह, तथा छारेरोगको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौन क्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।

पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौनइच्छा तथा काम शक्तिमा समेत असर पुर्याउछ ।
लाजका कारण पालिएको रोग

यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो ।

कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्यालिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् ।

अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ । फलस्वरूप आर्थिक उपर्जन तथा सामजिक कार्यमा समेत गहिरो प्रभाव पार्छ ।

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ

यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात् महसुस गर्ने खालका हुन्छन् । सहबासका बेला भाग्न खोज्ने, सेक्सपार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् ।
दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्यसमस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ ।

यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपय ब्यक्तीहरूमा गम्भीर मानसिक समस्या समेत देखिन्छ ।

त्यति मात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अंगमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् । रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहिँ ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभई बिभिन्न कारणहरु छन् ।

यौन दुर्बलता बढाउन सहयोग पुरयाउने तत्वहरु

व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै : मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारेरोग, धुम्रपान र मद्यपानको सेवन, नशा च्यापिएको, मानसिक तनाव, असहज वातावरण आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ ।

यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।

यौन दुर्वलता हुन नदिन के गर्ने ?

यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ ।

यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङ्गको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारक पनि हो ।

यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउँछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्च रक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात् डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । पायल्स बाट ग्रसित ब्यक्तीलाई पनि यस्तो समस्या भएको पाईन्छ ।

त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुराके हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।

मोटो तौललाई घटाउने, औषधी उपचार गराउने, हेपाटाइटिस बिबिरुद्ध खोप लगाउने, धुम्रपान तथा मद्यपान सेवन नगर्ने, ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर, लुकाएर राखे झनै धातक हुनसक्छ । बरु समाधानतिर लाग्नुपर्छ । आफ्नो समस्या सम्बन्धित यौनसाथी र चिकित्सकलाई खुलेर भन्नुपर्छ । यसले ब्यक्तीको आत्माविश्वस बढनुका साथै सहज हुन्छ ।

समाधानका लागि केही धरेलु उपाय

शारिरिक सम्पर्कका बेला यौन उत्तेजना नभएको भन्दै धेरै दम्पतिमा खटपट हुने गरेको छ । यस्तो समस्याको समाधान अब घरेलु तरिकाबाट नै हुन्छ । यौन उत्तेजना बढाउन बिभिन्न खानेकुराहरुको प्रयोग गर्न सक्नुहुनेछ ।

मह

आफ्नो यौन क्षमता बढाउन मह खाने गर्नुहोस् । या महबाट बनेका खानेकुराहरु पनि खान सक्नुहुन्छ । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

लसुन

प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिईने लसुन सधै खाने गर्नुहोस् । अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुधार्छ, अत्यधिक सचेत बनाउँछ । स्टामिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।

अदुवा

यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।

चोरिजो, स्पेनिश पोर्क

तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउँछ ।

ट्रफल (Truffle)

दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आकर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौनशक्ति बढ्ने विश्वास गर्थे ।

अन्जिर (Fig)

अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ ।

अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।

साल्मोन

समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोनसेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउँछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

मेडजोल डेट्स (खजुर)

मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौनजीवनमा सुधार ल्याउने इरानी र नाइजेरियालीहरूको गहिरो विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टामिनालाई सशक्त बनाउँछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।

लिक्वोराइस (Glycyrrhiza) मुलेठी

यसको नेपाली नाम मुलेठी हो । प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो भन्ने अभिलेख पाइन्छ । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ । यसको प्रयोगले पाचन तत्र, कलेजो, प्रजनन स्वस्थ र स्वसप्रस्वस सम्बन्धिको समस्यालाई पनि सामाधान गर्न सहयोगी हुन्छ ।
माथी उल्लेखित बिधीहरू प्रयोग गर्ने बित्तिकै प्रतिफल दिँदैन । कम्तिमा पनी तिन महिना नियमित उक्त बिधिहरू प्रयोग गरेमा र नियमित शारिरीक ब्यायाम पनि गरेमा मनोवान्चित प्रतिफल प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->