आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौ राष्ट्रिय खेलकुँद प्रतियोगिता : खेल व्यवस्थापन गर्दै बागलुङ नगरपालिका

नवौ राष्ट्रिय खेलकुँद प्रतियोगिता : खेल व्यवस्थापन गर्दै बागलुङ नगरपालिका


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७९, मंगलबार

बागलुङ/नवौं राष्ट्रिय खेललाई भव्य रुपमा सफल पार्ने भन्दै बागलुङ नगरपालिकाले तयारी थालेको छ ।
पोखरामा हुने मुख्य प्रतियोगिता अन्र्तगत बागलुङमा पनि आइटिएफ तेक्वान्दो प्रतियोगिताको इभेन्ट राखेपछि नगरपालिकाले सफलताकालागि काम थालेको हो । प्रतियोगिता व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकले लिएर व्यवस्थापन समिति समेत गठन गरेको नगर उपप्रमुख तथा आइटिएफका सचिव राजु खड्काले बताए ।

असोज २९ गतेदेखि शुरु हुने प्रतियोगिताकालागि नगरप्रमुख बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य रहेको व्यवस्थापन समिति गठन भएको हो । उक्त समितिले खेलाडीको बसाइ, खेल स्थलको व्यवस्थापन सहितका काम गर्नेछ । प्रतियोगिता बागलुङको बाङगे चउर स्थित कवर्ड हलमा हुनेछ । उद्घाटन समारोह भने बाङगेचउर खेल मैदनमा हुने बताइएको छ ।

सात प्रदेशका सातवटा टिम बाहेक ३ बिभागीय टिम समेत गरी १० वटा टिमले खेलमा भाग लिनेछन् । खेलमा भाग लिने २ सय ५० खेलाडी छन् भने व्यवस्थापन र प्रशिक्षण्क समेत गर्दा ३ सय बढी हुने खड्काले बताए । बागलुङमा हुने तेक्वान्दो प्रतियोगिताकालािग २९ स्वर्ण, २९ रजत र ५६ कास्य पदकमा प्रतिष्पर्धा हुनेछ । उनका अनुसार प्रतियोगितामा महिला तर्फ ४५ केजी देखि ७० केजी र पुरुष तर्फ ५० केजी देखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिष्पर्धा गर्ने व्यवस्थापन मिलाइएको हो । प्रतियोगिता उद्घाटनका दिन बागलुङका कला, संस्कृति र विभिन्न जातजातीका झाँकी सहितको ¥याली समेत प्रर्दशन गर्ने तयारी छ ।
बागलुङका हनुमान नाँच, जोगी नाँच लगायतका संस्कृति र गीत संगीत समेत र भजनकृतन टोलीले खेल उद्घाटनका दिन खेलाडी स्वागत गर्ने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->