बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग

स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७९, शुक्रबार

बागलुङ/धैलागिरी आयुर्वेद औषधालय बागलुङले ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तरगत औषधालयले जैमिनी नगरपालिका, २ दमेकमा दुई दिने ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ सञ्चालन गरेको छ ।

कार्यक्रममा ७८ महिला र ५९ पुरुष गरी १३७ जना सहभागी भएका थिए । उनीहरुर्ला जीवनशैली जनित बिभिन्न रोगहरु तथा त्यस्ता रोगहरुबाट बच्नका लागी र जीवनशैली स्वास्थ्य राख्नका लागी अपनाइने आहार, विहार, योग, आचार र व्यवहारका विषयमा प्रशिक्षण गरिएको थियो ।

सहभागीहरुको स्वास्थ्य जांच, रक्तचाप र रगतमा चिनीको मात्रा परिक्षण, उपचार एवं परामर्श तथा निःशुल्क रोगानुसारका औषधी र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधीहरु वितरण गरिएको कार्यालय प्रमुख डा. सरोज कुमार रायले जानकारी दिए । कार्यक्रममा औषधालयका प्रमुख डा. सरोज कुमार राय, डा. कमल विक्रम पौडेल, वैद्य निरीक्षक एकराज ढुंगानाका तथा जैमिनी नगरपालिका आयुर्वेद शाखा प्रमुख डा. लक्ष्मी प्रसाद शर्मा र दमेक आयुर्वेद औषधालयका वैद्य निरीक्षक गोविन्दराज पौडेलले सहजीकरण गरेका थिए ।

औषधालयद्वारा जैमिनी नगरपालिका–२ मा अवस्थित सुन्तालाचौर मा.वि.का शिक्षक तथा कर्मचारीहरुलाई “संगठित रुपमा योग संचालनको अभिमुखीकरण र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि संचालन भएको थियो । २ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा कक्षा १२, ११, १०, ९ र ८ का ९० जना विद्यार्थीहरु र शिक्षकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->