सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार महासंघ र धौलागिरी एफएमको मैत्रीपूर्ण फुटसल खेल

पत्रकार महासंघ र धौलागिरी एफएमको मैत्रीपूर्ण फुटसल खेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७९, आइतबार

बागलुङ/ धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा शनिबार बागलुङ बजारमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा एफएम प्रालि र नेपाल पत्रकार महासंघ बागलुङबीच मैत्रीपूर्ण फुटसल खेल भएको हो ।

एमएम प्रालि र महासंघबीच सुमधुर सम्वन्ध कायम राख्ने अभिप्रायले प्रत्येक बर्ष गरिदै आएको फुटसल यसबर्ष पनि गरिएको हो । फुटसलमा पत्रकार महासंघले १२ गोल गर्दै बिजयी भएको थियो । एफएमको तर्फबाट भने ८ गोल भएको थियो ।

कार्यक्रममा बोल्दै एफएम प्रालिकाका अध्यक्ष हरिनारायण गौतमले पत्रकारहरु पनि खेलसंग सम्बन्धित छन् भन्ने सुचना प्रवाह र महासंघ र एफएमबीचको सम्वन्धलाई प्रगाड बनाउनका लागि खेलले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका कार्यवहाक अध्यक्ष नविन शिशिर बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन धौलागिरी एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->