शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

स्याङ्जामा सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

स्थानीय चुनावको नजिताले सत्ता गठबन्धनका उम्मेदवार बलिया ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७९, सोमबार

स्याङ्जा/ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई संघीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमाले तथा तीन प्रदेशमा कांग्रेस र एमालेको भिडन्त हुँदा एक प्रदेशमा माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

निर्वाचनमा क्षेत्र नं १ मा प्रतिनिधिसभामा १२ उम्मेदवार प्रतिस्पर्धी रहेपनि काग्रेसका जिल्ला सभापति राजु थापा र एमालेका गण्डकी प्रदेश सदस्य नारायणप्रसाद मरासिनीबीच कडा प्रतिस्प्र्धा हुनेछ । दुई नेताबीच भेट तेस्रो हो भने एकपटक थापा र एकपटक मरासिनीले जित निकालेका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थापाले मरासिनीलाई एक हजार २८८ को मतान्तर हराउँदा २०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनबाट मरासिनीले थापालाई १० हजार ५६४ मतले हराउँदै संविधानसभाको निर्वाचनको बदला लिएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा मरासिनीले १५ हजार ४११ मत ल्याउँदा २०७४ सालको संसदीय निर्वाचनमा थापाले २८ हजार ६६२ मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश ‘क’मा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापा र एमाले केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दासबीच कडा प्रतिस्पर्धा हुने भएको हो । प्रत्यक्ष निर्वाचनमा पहिलो पटक भिड्न्तमा रहेका दुई महिला नेता मध्ये थापा दुई पटक समानुपातिकबाट सांसद बन्नु भएको छ भने सुन्दास जिल्ला समन्वय समितिको प्रमुख भएर अनुभव बटुलेका छन् । प्रदेश ‘ख’मा छ उम्मेदवार निर्वाचनमा होमिएको भए पनि कांग्रेसका बुद्धिबहादुर थापा ‘कुमार’ र एमालेका सुधीरकुमार पौडेलबीच टक्कर हुँदैछ ।

कुमार पहिलो पटक चुनावमा होमिएका हुन् भने सुधीर आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै क्षेत्र नं २ मा कांग्रेसका उपसिभापति धनराज गुरुङ र एमाले सचिब पद्मा कुमारी अर्यालबिच कडा टक्कर हुने देखिएको छ । ११ जना चुनाबि मैदनामा रहेपनि दुई नेता मध्ये एक नेताले जित निकाल्ने पक्का जस्तै रहेको छ । दुई पटक समानुपाति सांसद रहनु भएका गुरुङ र तीन वर्ष संघिय मन्त्री बनेकी अर्यायबीचको चुनावी भिडन्तलाई महत्वका साथ हेरिएको छ । अर्यालले गत संघीय निर्वाचनमा कांग्रेसका नेता तथा उप प्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बाम गठबन्धनबाट अर्यालले तीन हजार ७१६ मतान्तर पराजित गरेकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश ‘क’ मा पहिलो पटक चुनावी मैदानमा रहेका कांग्रेसका भोजराज अर्याल र पाँच वर्ष प्रदेशको अनुभव बटुलेका एमालेका मोहन रेग्मी मैदानमा छन् ।

प्रदेश ख’मा पहिलो पटक चुनाबी मैदान रहनु भएका एमालेका डा बुद्धिमान श्रेष्ठ र कांग्रेसका महेश भट्टराईसँग प्रतिस्प्र्धा हुनेछ ।

स्थानीय तह निर्वाचनको वडाध्यक्षको मत हेर्दा दुई क्षेत्र र चार प्रदेशमै सत्ता गठबन्धन मत अगाडी रहेको छ । क्षेत्र नं १ मा दुई हजार ९२३ मतले सत्ता गठबन्धन अगाडी रहँदा प्रदेश ‘क’मा एक हजार ९२२ र खमा एक हजार एक मतले अगाडी रहेको छ । यस्तै क्षेत्र नं २ मा एक हजार ९६९ मतले सत्ता गठबन्धन अगाडी रहँदा ‘क’मा ५४३ र ‘ख’मा एक हजार ४२६ मतले सत्ता गठबन्धन अगाडी देखिन्छ ।

स्याङ्जाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र एमालेले आ–आफ्नो जित हुने दाबी गरेका छन् । सत्ता गठबन्धन माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरेले एमाले ‘क्लिन स्विप’ हुने जिकिर गरे । उनले २०७४ मा एमालेले माओवादी केन्द्रका भोटले जितेको र अहिले कांग्रेससहितको सत्ता गठबन्ध रहेकोले निर्वाचन औपचारिकतामा माात्र रहेको दाबी गरे ।उता, एमाले अध्यक्ष सूर्यप्रसाद गैरेले पछिल्लो क्रममा गठबन्धनले गरेको कामले जनता दिक्दार भएकाले एमाले उम्मेदवारको जित हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->