जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा प्रदेशसभा ‘क’को मत गणना भैरहेको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकेर प्रदेशसभा सदस्यको मतगणना सु्रु गरिएको हो । पछिल्लो मत परिणाम अनुसार मुस्ताङ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका उमेद्वार नन्दु गुरुङले २ सय ५५ मतको सुरुवाती अग्रता लिएका छन् । गुरुङले १ हजार ४८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेद्वार इन्द्रधारा बिष्टले ७ सय ९३ मत पाएका छन् । १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





