शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

न्वागी मेलामा आयोजित भलिवलको उपाधी कालिकालाई

न्वागी मेलामा आयोजित भलिवलको उपाधी कालिकालाई


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७९, आइतबार

बागलुङ/ न्वागी मेलाको अवसरमा बागलुङको वडिगाड गाउँपालिकामा आयोजित भलिवल प्रतियोगिताको उपाधि कालिका टे«निङ सेन्टर वामी गुल्मीले जितेको छ ।

मंसिर १० गतेदेखि सुरु भएकोे न्वगी मेलामा आयोजना गरिएको भलिवल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७ –२५, २५–२३, २२–२५ र १६ –१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको होे ।

कालिका टे«निङ सेन्टर वामीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने उपविजेता बडिगाड–६ छिसफाटले ८८ हजार ८ सय ८८ रुपैयाँ, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
यस्तै, प्रतियोगिताको वेष्ट सर्भरमा छिसफाटका सुनिल घर्ति मगर, वेष्ट लिफ्टरमा कालिकाका सुजन चोखाल र वेष्ट स्पाईकरमा छिसफाटका विजय थापा मगर पुरस्कृत भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->