बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ग्यास्ट्रिक के हो ? क्षणहरु र उपचार

ग्यास्ट्रिक के हो ? क्षणहरु र उपचार


  • कृष्ण कुमार सैजु
  • पुष ८ २०७९, शुक्रबार

 

नेपाल मा भनाई नै प्रख्यात छ “ग्यास्ट्रिक नभाको नेपाली नै छैन”  ग्यास्ट्रिक नभाको त बिदेशी पनी छैन नी । फरक यती हो कीउनिहरूले जे गर्छ आफ्नो स्वास्थ मैत्री गर्छ तर नेपाली ले के गर्छ यो त भनिराख्न नपार्ला ।अब लगौँ आजको बमषय बस्तु तर्फ ।

ग्यास्ट्रिक” भनेको के हो ?
ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” एक मेकानिजम l ग्यास्ट्रिक रोगको नाम होइन l कुनै कारणबस यो मेकानिजममा ह्रासआयो भने शरिरमा बिभिन्न खाले सनसाहरू हुन्छन्। नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउनेगरेको पाएँ l धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l कसैले पेट रआन्द्राको अल्सर (peptic ulcer) लाई, पेट सुन्निएको (gastritis) लाई, दिशा समएमा नभएर भएको असर (constipation) लाई, वा आन्द्रामा हुने अन्य घाउ जस्तै (crohn’s disease, ulcerative colitis, barrett’s esophagus etc.) लाई पनि ग्यास्ट्रिकभनेको पाएँ l ग्यास्ट्रिक मलाई छ भन्नेहरु मध्ये १० जनालाई सोध्ने हो भने करिब ७ जनाले acid reflux (पेटको अम्लिए पदार्थ फर्किएरमाथि आएको) को लक्षण बताउँछन् र बाँकीले पेटको अल्सर वा अन्य को लक्षण बताउने गर्दछन् l त्यसैले मैले यहाँ धेरैले भन्न खोजेकोacid reflux, peptic ulcer र constipation (दिसा समयमा नहुने) को बारेमा छलफल गर्नेछु l

२. Acid Reflux भनेको के हो ?
हाम्रो पेट (stomach) मा निकै कडा पोल्ने acid उत्पादन हुने गर्छ l जसको काम हो हामीले खाएको खाना टुक्राउनु, पचाउनु, जीवाणुमार्नु, शरीरलाई चाहिने खनिज पदार्थ (minerals) सोसेर लिनु आदि l त्यस्तो कडा पोल्ने acid ले सामान्य तया हाम्रो पेट (stomach) लाई केहि असर गर्दैन किनकि हाम्रो पेट ४ तहको पत्रा पत्राले बनेको हुन्छ l जस मद्धे माथिल्लो पत्राले (mucosal layer) ले acid संगजुद्ने क्षमता राख्छ l उक्त acid आंफुले गर्नु पर्ने काम सकेपछि मुनि तर्फ बग्दै जान्छ र कम अम्लिए (acidic) बन्दै जान्छ l तर कसैकसैमा विभिन्न कारणले acid फर्किएर माथि झन्डै मुखसम्म आईपुग्छ र बिभिन्न समस्या दिन्छ l यसरी acid उल्टोतर्फ फर्कंदा acid reflux भनिन्छ l

३. Acid Reflux का लक्षणहरु के के हुन्?
— घाँटी र पेटको बिच भाग तर्फ भत्भती पोल्ने, प्राय चिल्लो (तेल, घिउ, बोसो भएको) खाना खाए पछि पोल्नेl Acid मुख सम्मै आएरदांतको enamel खिइएर दाँतमा समस्या आउने, मुख गनाउने, मुखमा अमिलो पानी आउने, ढ्याउ आउने, निल्न गारो भएको जस्तो, घाँटीमा खस खस भएको जस्तो के के बिजेको के बिजेको जस्तो हुने l कसै कसैमा acid फोक्सोमा छिरेर दम (asthma) हुने, खोकीलाग्ने, स्वर बस्ने समस्या हुने आदि l (नोट गर्नुस acid reflux हुनलाई पेट वा छाती पोल्नै पर्छ भन्ने छैन l)

४. Acid Reflux हुनुका कारणहरु के के हुन ?
पेटको माथिल्लो sphincter (ढोका) ले पेटको कडा पोल्ने खालको acid, पेटमा हुने खाना र अन्य तरल पदार्थ माथी esophagus हुँदै मुख तर्फ आउँन नदिने काम गर्छ l तर धेरै कारणहरुले उक्त sphincter (ढोका) पूर्ण बन्द भइदिदैन र राती सुतेको बेलामा वा दिउँसोघोप्टी पर्दा वा पल्टदा Acid र अन्य पोल्ने तत्वहरु माथी आइदिन्छ l यो समस्या मोटोपनले (कम्मर भन्दा पेट ठुलो भएकोलाई), समयमादिसा नहुनेलाई (constipation), हिँडडुल गर्न नसक्ने बुढाबुढी वा कुनै पनि अशक्त बिरामीलाई, sphincter (माथिल्लो ढोका) लाईखुकुलो पार्ने वा राम्रोसंग काम गर्न नसक्ने बनाउने खाना वा औषधि खानेलाई बढी हुने गर्छ l

५. Acid reflux भैसकेकाको लागी समाधान के हो ?
पहिला acid कम उत्पादन गर्ने वा चाहिने भन्दा धेरै उत्पादन गर्न नदिने तरिका अपनाउनु पर्यो l जस्तै: बढी चिल्लो र पचाउन गारो हुने कुराकम खाने, थोरै थोरै गरेर खाने l खाना ५-६ पटक सानो सानो मात्रामा खाने l लामो समय काम गर्नेले बिचबिचमा खान मिल्ने हल्कास्न्याक  जस्तै फलफुल, बदाम, चना आदी खाने l सुत्नु अघि ३ घण्टा अघिबाट केहि नखाने l पानी दिउँसो धेरै पिउने सुत्ने बेलामा नपिउनेवा कम पिउने l
— धेरैको समस्या माथिल्लो ढोका (sphincter) कम्जोर भएको कारण acid माथि आएको हुन्छ l जति धेरै खुकुलो वा कम्जोर भएकोहुन्छ त्यतिनै धेरै acid reflux ले सताएको हुन्छ l त्यसैले माथिल्लो ढोका (sphincter) कम्जोर बनाउने खाले खाना कम खाने वा खानछोड्ने l ति हुन chocolate (cacao बाट बनेको मात्र, सस्तो खाले चिनीले बनेको होइन), चिया, कफी, कोक/ फ्यान्टा, लसुन, प्याज, चिल्लो खानेकुरा, खुर्सानी (पिरो खाने बानि हुनेले खोर्सानी मुखमा टोक्नुस, तरकारी पकाउँदा झ्वाम्म नराख्नुस)
— सुत्ने खाटको टाउका पट्टिको भाग खुट्टा पट्टिको भाग भन्दा ६-८ इन्चको अग्लो बनाउने जसले गर्दा राती सुत्दा acid तल बगेर जानसजिलो हुन्छ माथि आउँदैन l
— Acid फर्किएर माथि आउन बाध्य तुल्याउने कारण कम गर्ने l जस्तै: तौल घटाउने, दिनमा ३० मिनेट जति दौडने वा १ घण्टा खेलकुदखेल्ने l दिसा कम लाग्ने समस्या (constipation) भए त्यसको समाधान गर्ने l
— माथिको सबै गर्दा पनि समस्या समाधान भएन भने औषधि खाने l

६. Peptic Ulcer भनेको के हो ? कसरी बन्छ ulcer?
पेट (stomach) र आन्द्रा (duodenum) मा हुने ulcer लाई peptic ulcer भनिन्छ l दिनहुँ लामो समय (बर्षौं) नदुख्ने औषधि(जस्तै ibuprofen, naproxen आदि) खाँदा (माथी २ मा भनेको जस्तो) पेटको केहि भागमा mucosal layer लाई नष्ट गरिदिन्छ l जसले गर्दा acid पेटको भित्रि पत्रा मा पुगेर कोषहरू नष्ट गर्छ l घाउ बन्छ, रगत आउँछ र पोल्छ यसलाई ulcer भनिन्छ l Ulcer हुनेअरु धेरै कारणहरु पनि छन् जस्तै bacteria (H. Pylori) ले पेटमा आक्रमण गर्दा, चिन्ता (stress/ anxiety) को कारण नियमितपाचन प्रणालीमा असर पर्दा, चुरोट र रक्सीका कारण (यसले खासगरी पेटमा भैरहने सानोतिनो घाउहरु आँफै निको हुने प्रक्रियामाअवरोध पारिदिन्छ वा पेटको घाउ समयमै सन्चो हुन दिंदैन) l Peptic Ulcer बिग्रिएर cancer पनि हुने सम्भावना हुन्छ l

७. Peptic Ulcer को लक्षणहरु कस्ता हुन्छन्?
Peptic Ulcer लाई दुई भागमा बिभाजन गर्न सकिन्छ: जस्तै gastric (पेटको) ulcer र duodenal (duodenum) ulcer.
Gastric Ulcer का लक्षणहरु: पेटको माथिल्लो भागमा दुख्ने/पोल्ने, पेट ढुस्स हुने, भोक नलाग्ने, वाकवाक्ति हुने, सुते पछि मध्येरातमा पेट पोलेर जुरुक्कै उठाउने, वा खाना खाने बित्तिकै पेट पोल्ने, दिसामा कालो देखिने (ulcer बाट निक्लिएको रातो रगत पेट रआन्द्राको विभिन्न पदार्थसंग reaction भए पछि कालो बन्दछ)
Duodenal Ulcer का लक्षणहरु: नाइटो निर पोल्ने, दुखाई पछाडी ढाड पट्टि पनि सर्न सक्छ l खाना खाने बित्तिकै पेट पोल्न बन्द हुनेतर १-२ घण्टामा फेरी पोल्न सुरु हुने l यो कसरी हुन्छ भने जब खाना खान्छौं र खाना पेटमा आउन थाल्छ तब तल्लो sphincter बेस्सरीकस्सिन थाल्छ र माथिको पेटको acid तल duodenum मा झर्न पाउंदैन l अनि duodenum मा भएको ulcer मा acid पर्न केहिबेररोकिन्छ र पोल्न छाड्छ l जब पेटमा करिब १-२ घण्टामा पाचन प्रक्रिया सकिन्छ अनि त्यो तलको sphincter (ढोका) खुल्न थाल्छ, acid माथि बाट तल duodenum तर्फ झर्न थाल्छ अनि फेरी पोल्न सुरु हुन्छ l

८. Peptic Ulcer को उपचार कसरी गर्ने ?
पहिला माथि ५ मा भनेको जस्तो गर्ने
पेटमा infection (H. Pylori) छ छैन परिक्षण गर्ने र छ भने यसको उपचार गर्ने
Acid लाई neutralize (कम्जोर/ effect low) गर्ने वा acid को उत्पादन कम गर्ने वा mucosal layer जोगाउने औषधिको पर्योगगर्ने
माथिको सबै गर्दा पनि भएन भने surgery गर्नु पर्ने हुन सक्छ l नत्र cancer हुने सम्भावना रहन्छ l

९. जति औषधि खाएपनि अमिलो चुकी आउन रोकिंदैन, पेट र छाती पोल्न रोकिदैन l अब के गर्ने ?
नियमित उपचार गर्दा पनि सन्चो नभएको हो भने acid ले  पेट भन्दा माथिको esophagus मा कोषहरू नष्ट गरिसकेर Barrett’s esophagus बनाएको हुनु पर्छ l यस्तो अवस्था भएपछि acid कम गर्ने औषधि खाएर पनि हुँदैन किनकि पेटमा भएका (acid बाहेकका) अन्य तत्वले पनि esophagus का कोष नष्ट गरिरहेको हुन्छ l यसको उपचार भनेको पेटमा हुने कुनै पति तत्व फर्किएर माथिआउन नदिने हो l यो गर्न surgery गर्नु पर्छ l Surgery प्राय दुई किसिमका हुन्छन l

१०. मलाई कहिले काहीं मात्र पेट पोल्छ र अमिलो चुकी आउँछ l के यस्तो बेलामा औषधि खानु पर्छ ?
(प्राय) पर्दैन l माथिको ५ मा लेखेको जस्तो गर्नुस् र माछा मासु खाएको दिनमा acid कम उत्पादन हुने औषधि खानुस l

११. मैले pantoprazole भन्ने औषधि खान्छु l यसले के काम गर्छ र यसको side effects के हो ?
यो औषधिले पेटमा धेरै acid बन्न दिंदैन l यो औषधिको चिन्ता गर्न लाएक side effects हरु खाने व्यक्तिलाई थाह हुँदैन l जस्तै: माथिको २ को उत्तर भनेको जस्तो, पेटको acid भनेको शरीरलाई नभई नहुने कुरा हो l यसले हामीले खाएको खाना टुक्राउने, पचाउने, जीवाणु मार्ने, शरीरलाई चाहिने खनिज पदार्थ (minerals= iron, calcium, magnesium), vitamins सोसेर लिने आदि काम गर्छl अब acid कम गर्ने औषधि नियमित बर्षौंसम्म खान थालियो भने शरीरमा खनिज नपुग्ने भो l जसले गर्दा (खासगरी बुढेसकालमा) हड्डीकम्जोर हुने भो l जिबाणु मार्ने acid नहुँदा पेटमा bacteria हरु फैलने भो l खानेकुराहरु राम्रोसंग पच्ने भएन l अनि यस्ता धेरै औषधिहरुहुन्छन जुन पेटको acid बिना शरीरले राम्रोसंग लिंदैन जसले गर्दा ति औषधिले गर्नु पर्ने काम पूर्ण रुपमा नगर्ने भो l

१२. जति endoscopy गर्दा पनि डाक्टरले केहि छैन भन्छन् l अमिलो पानी मुखमा आईरहन्छ, छाती पनि बेला बेलामा पोल्छ l किनयस्तो हुन्छ ?
Endoscopy भनेको एउटा सानो क्यामेरा र चहकिलो बत्ति मात्र हो l जसले यदि पेट र आन्द्रामा ठुलो असर भैसकेको, esophagus मा acid ले पोलेर ठुलै घाउ (barrett’s esophagus) बनाईसकेको, भुँडी र आन्द्रामा अल्सर भैसकेको, वा अन्य ठुला खाले घाउ वारगत आएको/जमेको, मासु पलाएको आदि मात्र देख्छ l तपाईंमा ठुलो घाउ भैनसकेको वा अल्सर नभएको तर बेला बेलामा acid फर्किएर (acid reflux) भएर दुख दिएको बेलामा endoscopy पत्ता लगाउन सक्दैन l यस्तो बेलामा “24 hour esophageal pH test” गर्नुपर्छ l यो २४ घण्टे परिक्षणले दिनमा कति धेरै कति समय acid पेटभन्दा माथी आउँदो रहेछ भनेर पत्ता लाग्छ ।

के खाने? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन।तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामाखान सकिन्छ।

उपचारग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरकोसल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन।

जँचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसकोउपचार अलि फरक ढंगले गर्नुपर्छ। ‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदानदीर्घकालीन तरिकाले गर्नुपर्छ।

भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचारगर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।l
मानिसको खानपान र दैनिक दिनचर्या स्वास्थ मैत्री भयो भने हतपत रोगहरू ले छुन र बिरामी बनाउन सक्दैन । त्यैसैले दिनचर्या लाईसुधारौँ निरोगी बनौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->