बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

युआरएल दमौलीको स्थापना दिवस

युआरएल दमौलीको स्थापना दिवस


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७९, आइतबार

तनहुँ /जिल्लाको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गुणस्तरीय ल्याब, अस्पतालहरुको स्थापना र सेवाले जनस्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढ्दै गएको बताए ।

कार्यक्रममा युआरएलका प्रबन्धन निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका निर्देशक डा वसन्त पंगेनी, मेडिकल बायोकेमिस्ट भूपेन्द्रराज रेग्मी, नेपाल औषधी व्यवसायी संघ तनहुँ शाखा अध्यक्ष राजु दाहाल, नेसनल अपोलो अस्पताल दमौलीका अध्यक्ष चूडामणि दाहाल लगायतले बोलेका थिए ।

युआरएलका अध्यक्ष अध्यक्ष ठाकुरप्रसाद पन्तले आफूहरु गण्डकीका बासिन्दालाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने प्रयत्नमा लागेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->