सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

पोखरा / पोखरा रंगशालामा शनिबार भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे।

त्यस्तै, भुटनिज युथ स्पोर्टस क्लबका लागि रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरेका थिए।

निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा कप्तान सुनिल बलले गरेको गोलले  संकटाको जित सुनिश्चित गरेको हो।

यसअघि २०७७ सालमा पनि संकटाले उपाधि जितेको थियो। दोस्रो पटक उपाधि जितेको संकटाले दुवै पटक फाइनलमा विदेशी टोलीलाई हराएको छ। यसअघि अफ्रिकन रुट्सलाई फाइनलमा हराएको थियो।

सहारा क्लबले आयोजना गरेका २२औं आहा रारा गोल्डकप पुष १४ गतेबाट शुरू भएको थियो। प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए।

संकटाले ट्रफीसँगै १२ लाख नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख नगद पुरस्कार पाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->