बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पृथ्वीनारायण शाह र राजतन्त्रलाई फरक तरिकाले हेरिनुपर्छ: खराल

पृथ्वीनारायण शाह र राजतन्त्रलाई फरक तरिकाले हेरिनुपर्छ: खराल


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७९, बुधबार

पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) शाहवंशीय राजा थिए । स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुस २७ अर्थात् आज नेपालमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए । आज पोखरामा नागरिकस्तरबाटै पृथ्वीजयन्ती मनाउन लागिएको छ । सोही सन्दर्भमा नागरिक मुल आयोजक समितिका संयोजक शंकर खरालसँग हाम्रा सहकर्मी विजय नेपालीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश (सं.)

आज पृथ्वी जयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विगत वर्षहरुमा झैं यो पटक पनि ठूलो शोभायात्रा गर्दैछ । शोभायात्रा चिप्लेढुंगादेखि पृथ्वीचोकसम्म सुरक्षा निकाय, नौमति पञ्चेबाजा, विभिन्न धार्मिक संस्था, झाँकी ¥यालीसहित हामी पृथ्वीचोक जानेछौं । समारोहमा गण्डकीका मुख्यमन्त्रीदेखि सरकारी निकायका व्यक्तिहरु समेतको आगमन हुँदैछ् । यो नागरिक स्तरबाटै आयोजना गरिएको छ । हामीले पृथ्वीनारायण शाहको महत्व झल्कने गरी मंगलबार विहान कविता प्रतियोगितासमेत आयोजना गरेका थियौं । भोलि पनि हामीले उहाँको (पृथ्वीनारायण शाह) बारेमा चर्चा गर्ने नै छौं । अन्य केही पनि छैन् ।

पृथ्वीनारायण शाह बारेमा विभिन्न कुराहरु उठ्ने गर्र्छन् नि ?
नेपालजस्तो देशमा विभिन्न राजनितिक प्रक्रियाले राष्ट्र निर्माता ओझेलमा पर्नु नै दुःखद् कुरा हो । कार्ल माक्र्स जर्मनमा जन्मिएका हुन् र उनले त्यहाँ माक्र्सवाद सिद्धान्तको परिकल्पना गरे र उनले विस्मार्कलाई सम्मान गरे । किनभने जर्मन बनाउने र एकीकरण गर्ने बिस्मार्क नै थिए । विश्वमा जुनसुकै शासन पद्धति आएपनि राष्ट्र निमार्ण गर्ने नायक अर्थात राष्ट्र निर्माताप्रति उच्च सम्मान व्यक्त गरिन्छ । तर, नेपालमा यस्तो विडम्बना आयो की राष्ट्र निर्मातालाई हेर्ने दृष्टिकोण र राजसंस्था, राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा फरक देखिएन् । वास्तवमा राजतन्त्र एउटा विषय हो र राजतन्त्र अर्को विषय हो । यो विषय अलग हुँदाहुँदै पनि कुरा नबुझेर राष्ट्र निर्मातालाई अपहेलना गर्ने काम गरियो । अनि कतिपयले राष्ट्र के हो यो विचार के हो यो एकीकरण थिएन भन्ने कुराहरु पनि बीचबीचमा उठाउने गर्छन् । यी सबै इतिहास बङ्ग्याउने कुराहरु हुन् । इतिहास बङ्ग्याउन चाहनेहरुले एउटा कुरा के बुझ्न जरुरी छ भने, यो नेपाल सार्वभौम नेपाल छ र यहाँ राजनीति गर्न पाएका छन् पार्टी खोल्न पाएका छन् । यदि यो सार्वभौम रहने थिएन भने राजनीति गर्ने ठाउँ हुनेथिएन । हामी नेपाली हौं भनि गर्व गर्नसक्ने थिएनौं । आज जुन हामी राजनीति गरिरहेका छौं, त्यतिबेला नेपालमा २४ सय राज्य थियो । भारतमा पाँच सय ६२ राज्य थियो । अंग्रेजले भारतका शक्तिशाली राज्यहरुलाई परास्त गर्दै एक ठाउँमा बनाइसकेको थियो । विश्वलाई कब्जामा लिएको थियो । नेपाल त्यतिबेला एकीकरण नभएको भए भारतमा कित चीनमा विलय हुन्थ्यो । सिक्कीमिकरण भन्दा पहिला नै नेपाल विलय भइसक्ने थियो । त्यसकारण आज नेपाली सार्वभौम तरिकाले बाँच्न पाएका छौं, यो कुरालाई वाइकट गरेर या अपमान गरेर पृथ्वीनारायण शाहप्रति दुभ्रद बोल्नु या शंका गर्नु आफ्नै बा–आमाप्रति शंका गर्नु हो । राज्य एकता गरेका हुनु, त्यतिबेला सबै जातजातिका सेनालाई एकै ठाउँमा राखी खाना पकाएर खुवाइ लिएर हिँड्नुभयो । त्यतिबेला उहाँले दिएको दिव्योपदेश आज पनि ताजै छ । उहाँको उपदेशलाई मात्रै पनि हामीले लागू गर्न सक्यौँ भने विश्वको कुनै वाद नेपालमा आवश्यक छैन् । त्यसकारण उहाँ महानायक, एकताका प्रतिकसमेत हुनुहुन्छ ।

पृथ्वी जयन्तीमा विदा दिने वा नदिने विषयमा लामो बहस भयो नि !
नेपालमा गणतन्त्र स्थापना नभएसम्म सार्वजानिक विदा दिने प्रचलन थियो । २०६२÷०६३ को जनआन्दोलनसम्म पनि विदा नै थियो । त्यसपछि गणतन्त्र स्थापना भएपछि विभिन्न बहानावाजी गरियो । हिजो राष्ट्रिय पोशाकलाई पनि सामन्ती पोशाक भनिएको हो । आज सामन्ति पोशाक भन्नेहरु आफैले राष्ट्रिय पोशाक लगाएर हिँडिरहेका छन् । सिंहदरबार छिरेका छन्, सत्तामा गएका छन् । हिजो भ्रामणमा पारेपनि अब नेपाली जनता सचेत भइसकेका छन् । हिजो द्वन्द्वकालमा बन्दुक देखाएर तर्साउने जस्तो वातावरण अहिले छैन् । अब कसैले बन्दुक लिएर आएमा नेपाली जनता डराउने वाला पनि छैन् । त्यसकारण अब बिदा दिइएको छ ,फेरि काटियो भने यहाँ विद्रोह हुन्छ ।

हिजोका दिनमा पृथ्वी जयन्ती मनाउन कत्तिको जटिलता थियो ?
हिजोका दिनमा निकै जटिलता थियो । ०६२÷०६३ सालको जनआन्दोलन पछि गण्डकतन्त्रको अन्तरिम संविधान बन्दै गर्दा गणतन्त्र आइकसेपछि हामीलाई पृथ्वीनारायण शाहको नाम लिनासाथ राजावादी भनेर कित्ताकाट गर्ने र त्यही दृष्टिकोणबाट हेर्ने पनि गरियो । हिजो जस्ले त्यो तरिकाले हेरे आज उनै बिदा दिने स्थितिमा आइसकेका छन् । यो राष्ट्रभक्त नागरिकको प्रयासले सफल भएको हो ।

अन्त्यमा आम राष्ट्रभक्त नागरिकलाई के भन्न चाहानुहुन्छ ?
‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ आज नेपाली भनेर सगौरव वाच्न पाएका छौं । हामीले स्वतन्त्रता दिवस मनाउन परेको छैन् । विश्वका कयौं मुलुक दाससत्तामा परेका छन्, आक्रमणमा परेका छन् र पराधिन भएका छन् । हामीलाई पराधिन हुनबाट बचाउने राष्ट्र नायकको जन्म जयन्ती मनाउन सबैजना आ–आफ्नो ठाउँबाट स्वस्फुर्त रुपले आइदिनुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->