सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आर्मी माथि गण्डकीको रोमाञ्चक जित

आर्मी माथि गण्डकीको रोमाञ्चक जित


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७९, बुधबार

पोखरा / पोखरा रंगशालमा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले त्रिभुवन आर्मी माथि रोमाञ्चक जित निकालेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा गण्डकी प्रदेशले आर्मीमाथि ३–२ को जित निकालेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेल पाँचौ सेटसम्म धकेलिएको थियो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो ।

तेस्रो सेट २५–२३ ले पुनः आर्मीले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः गण्डकी खेलमा फर्कियो ।

गण्डकीले २५–२२ ले जित्यो । निकै रोमाञ्चक बनेको अन्तिम सेट १५–१३ ले आर्मीलाई हराउन सफल रह्यो ।

जीतसंगै गण्डकीले ३ खेलबाट पाँच अंक जोडेको छ । आर्मीको तिनखेलबाट चार अंक रहेको छ ।

(तस्वीर ः फोटोपत्रकार योगेन्द्र श्रेष्ठ)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->