बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लायन्स डिष्ट्रिक ३२५ को तेस्रो क्याबिनेट बैठक बागलुङमा

लायन्स डिष्ट्रिक ३२५ को तेस्रो क्याबिनेट बैठक बागलुङमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७९, बिहिबार

बागलुङ/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालको तेस्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै डिष्ट्रिक ३२५ जे नेपालको तेस्रो क्याबिनेट बैठक फागुन १२ र १३ गते बागलुङ बजारमा हुने जानकारी दिएको हो ।

बैठकमा देशभरबाट करिब ७ सय लायन्स सदस्यहरु सहभागी हुने छन् । क्याबिनेट बैठकले जिल्लाको पर्यटन प्रर्वद्वनसंगै आर्थिक गतिविधिमा वृद्वि हुने क्लबले अपेक्षा गरेको छ ।
क्याबिनेट बैठकले डिष्ट्रिकको विधि विधान र केही महत्वपूर्ण नियमावली पारित गर्ने तेश्रो क्याबिनेट मिटिङका संयोजक नरेश कँडेलले जानकारी दिए । बागलुङका दशवटै पालिकाका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक पर्यटकीय सम्पदाको प्रचार प्रसार गर्न प्रकाशित ‘बागलुङ लायन्स स्मारिका’ बैठकको अवसरमा सार्वजनिक गरिने जनाईएको छ ।

क्लबले बैठकलाई अवसरको रुपमा लिँदै स्थानीय उत्पादनको प्रर्वद्वन गर्न खाना खाजामा त्यस्ता वस्तुको प्रयोग र मायाको चिनो स्वरुप हरेक सहभागीहरुलाई भाँगो उपलब्ध गराउने संयोजक कँडेलले बताए । क्याबिनेट बैठकको लागि अतिथी सत्कार, आकस्मिक स्वास्थ्य सेवा, आवास तथा भोजन व्यवस्था लगायतका तयारी पूरा भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->