बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सदाशिवको नवनिर्मित भवन उद्घाटन

सदाशिवको नवनिर्मित भवन उद्घाटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७९, सोमबार

बागलुङ/ सदाशिव प्राथमिक विद्यालय बागलुङ नगरपालिका–६ भान्साको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको भवनको पूर्व शिक्षा मन्त्री तथा बागलुङ क्षत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रम अन्तरगत प्राप्त भएको १८ लाख रुपैयाँ र विद्यालयको आन्तरीक स्रोत एक लाख रुपैयाँ गरी १९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । एक बर्षअघिबाट निर्माण सुरुभएको तीन कोठे भवन निर्माण सम्पन्न भएसँगै प्रयोगमा ल्याउन थालिएको छ । भवनको उद्घाटन गर्दै पौडेलले युग सुहाउँदो शिक्षा आवश्यक रहेकोमा जोड दिए । नेपालको शिक्षा क्षेत्रलाई व्यवहारीक र जीवन उपायोगी बनाउनुपर्ने भन्दै पौडेलले त्यसका लागि सरकारले शिक्षा नीतिमै स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

विद्यालय भवन उद्घाटन कार्यक्रमको अबसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको परिवारले आफ्ना बुवा अगन्धर सापकोटाको स्मृतिमा स्थापना गरेको ‘अगन्धर सापकोटा स्मृति अक्षय कोष’बाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

गत वर्षको वार्षिक परीक्षामा विद्यालयमा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना छात्र, दुई छात्रा, विपन्न छात्र ÷छात्रा गरी ६ जनालाई जनही १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा युकेजीमा अध्यन गर्ने छात्रा स्वीकृति सापकोले छात्रवृत्तिबाट प्राप्त गरेको रकम विद्यालयको अतिरिक्त क्रियाकलाको लागि सहयोग गरेकी छन् । विसं २०४८ सालमा स्थापना भएको सदाशिव प्राथमिक विद्यालयमा ६५ जना विद्यार्थीहरुले अध्ययन गर्दछन् । शिक्षक र कर्मचारी ९ जना रहेको यस विद्यालयमा व्यवस्थापन समितिका सबै सदस्यहरुले आफना छोराछोरीहरु यसै विद्यालयमा पढाउने गरेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताए ।

कार्यक्रमा बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, बागलुङ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रुद्र केसी लगाएतले बोलेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, विद्यालयका सल्लाहकार गोविन्द आचार्यको स्वागत र प्रधानाध्यापक लक्ष्मण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->