बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एसईई परीक्षामा सहभागि हुने विद्यार्थीको बिदाई

एसईई परीक्षामा सहभागि हुने विद्यार्थीको बिदाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

बागलुङ/ आसन्न एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा उनीहरुलाई बिदाई गरिएको हो ।

एसईई परीक्षामा सफताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई गरिएको प्रिन्सिपल कृष्ण अधिकारीले बताए । ‘विद्यालयको गरिमा रहनेगरी विद्यार्थीहरुले सधैं सफलता प्राप्त गरेका छन्, यो पालि पनि विद्यालय र आफ्नो दुवैको लागि थप मेहनत गर्न प्रेरणा प्रदान गरेर बिदाई गरियो’ अधिकारीले भने ‘फेरी भेट्ने गरी विद्यार्थी भाईबहिनी परीक्षाको तयारीमा लाग्नेछन् ।’ यो बर्ष एईईमा सहभागि हुने २१ जना विद्यार्थीको बिदाई गरिएको हो ।

विद्यालयका शिक्षक कृष्ण आचार्य, विद्यार्थीहरु काजल खातुन, सन्देश पौडेल र निर्मला पौडेलले शुभकामना मन्तव्य राखेका थिए । डेनिस क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, श्वेक्षा थापाले स्वागत मन्तव्य र पुजा सापकोटाको समूहले स्वागत नृत्य प्रस्तुत गरे । मेग्ना नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->