नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको यात्रा तय गरेको छ । त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो स्थानमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको छ । कुल ३६ खेल खेलेको नेपालले १९ जित १५ हार एक टाईसहित कुल ४० अंक जोड्दै विश्वकप छनोटको यात्रा तय गरेको हो । टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिकामा अलराउन्डर तथा तिव्र गतिका बलर करण केसी पनि रहे । उनले यो सिरिजमा कुल ५० विकेट लिन सफल भए । बागलुृङका केसी संग विश्वकप छनोट पश्चात गरिएको छोटो कुराकानी । ( सं.)
सर्वप्रथम त बधाई छ । विश्वकप छनोटमा सोझै प्रवेश गर्नुभएकोमा जितले कस्तो उर्जा मिलेको छ ?
सबै खेलाडीले राम्रो खेल्यौँ । आगामी दिनमा नेपालको लागि अझ राम्रौ गर्ने हौसला मिलेको छ । खुसी नै लागिरहेको छ ।अब झन राम्रो गरेर देशको नाम उचो राख्ने उर्जा मिलेको छ ।
लिग २ मा ५० विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा पर्नुभयो तर युएई विरुद्धको खेलमा बेन्चमै बस्नु प¥यो । त्यो बेला कस्तो महशुस भयो ?
खेल्न नपाएको भन्दापनि त्यो टिम प्लान हो । कोचले कुरा गरेरै टिम तयार गर्नुभएको हो । जस्तो भएपनि हामीले नेपालका लागि खेलेका हौं । नेपाललाई जिताउनु थियो । हामी पहिलो रोजाइमा भएपनि बाहिर बसेपनि नेपालकै लागि हो । यसमा कुनै दुःख लागेको छैन् । किनभने हामीले राम्रो गरिरहेका थियौं त्यसै कारणपनि केही जस्तो लागेन ।
टिममा तपाईँ महत्वपूर्ण खेलाडी हुनुहुन्छ र अब विश्वकपका लागि खेल्दै हुनुहुन्छ त्यो खेलका लागि कस्तो तयारी गर्नुपर्ला ?
तयारी भन्दापनि हामी मेन्टल्ली रुपमा बलियो रहनुपर्छ । अहिले हामीले मेन्टल्ली रुपमा बलियो छौं र कसरी अघि बढ्छौँ भन्ने कुरा त फिजिकल्ली हामीले धेरै गरिसकेका छौं । अबको खेल टफ हुने छ ।
नेपाली टिममा एकाएक नयाँ परिवर्तन आयो पछिल्ला कुनैपनि खेलमा हामीले पराजय भोग्नु परेन कसरी सम्भव भयो परिवर्तन कसरी भयो ?
चेन्जेज भन्दापनि एउटा वातावरण बन्यो । भनौँ न हामीले राम्रो कोचको रुपमा मोन्टि सर (मोन्टि देशार्ईँ ) लाई पायौं । देशाई सरले आएर एउटा इन्भारमेन्ट बनाइदिनुभयो । खेलाडीका लागि । अब हामी चाँहि यति फोकस थियौ कि गुमाउनलाई केही पनि थिएन । हरेक खेल फाइनल खेल भएको थियो हाम्रो लागि । त्यहि सोचेर मेन्टली एउटा रणनीति त्यही भइसकेको थियो कि खेल्ने गेम नै फाइनल भनेर । गेम हामीले जसरी भए पनि जित्न पर्छ भनेर लाग्यौ जेहोस जित्यौँ नै र क्वालिफाइ पनि भयौँ ।
तपाईँ गण्डकीको खेलाडी भएकाले मैदान निमार्णका लागि के सन्देश दिन चाहानुहुन्छ ? कसरी यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्छौ ?
सबैभन्दा पहिला त ग्राउन्डको विकेट नै हो । खेलाडीले राम्रो खेल्नलाई विकेट पायो भने अझै राम्रो हुन्छ । गण्डकीबाट ६/७ वर्षसम्म म एक्लै खेलिरहेँ, राष्ट्रिय टिमबाट । अहिले यु १९ बाट तिन जना भाईहरु आउँदै छन् । त्यो चाहिँ राम्रो लाग्यो । हामीसंग राम्रो मैदान हुन्थ्यो भने अझै गण्डकीबाट राम्राराम्रा खेलाडीहरु निस्किन सक्थे । फस्टमा त हामीले ओडिआई नै जोगाउने सोचिरहेका थियौँ । तर। जित्दा जित्दै क्वालिफाई पनि गर्न सक्छौँ भन्ने लाग्न थालेको थियो ।
त्यहि टिम सबै खेलाडी उही ओडीआई जोगाउने कसरी भन्दै गर्दा साझेै विश्वकप छनौटमा पुग्दा कस्तो लाग्यो त ?
अब भन्न पर्दाचाहिँ यो लास्ट चार वर्ष हामी क्रिकेटरहरुले निकै मिहेनत गरेका थियौं । चार वर्षदेखी लगातार खेल खेलिरहेका थियौं तर रिजल्ट आएको थिएन । तैपनि सबैले मिहेनत गरिरहेकै थियौं । अन्तिममा आएर हामीले मोन्टि सरको सर्पोट पायौ । त्यो चाँहि पोजेटिभ कुरा भयो भन्ने सबैले बुझ्यौँ र जित्न सफल भयौँ ।
युएईसँगको खेलको दौरान नेपालले ब्याटिङ गर्दै गर्दा पानी पर्न लागेको थियो । मौसम कता खराब हुने हो भन्ने स्थिति पनि थियो । त्यतिबेला वर्षा भएको भए डिएल मेथडमा नेपालपछि थियो र युएईका खेलाडीले त्यसको प्रतिक्षा पनि गरिरहेका थिए कस्तो लागिरहेको थियो। त्यतिबेला ?
प्रेसर गेम नै थियो । हामीलाई जसरी पनि त्यो खेल जित्नैपर्ने दबाब थियो । हामीले टार्गेट पनि ठूलो पाएका थियौं । त्यो बीचमा पानी पर्ला जस्तो पनि भयो । अलिकति भनौन फ्रस्टेड पनि भइसकेका थियौं पानी प¥यो भने म्याच सकिन्छ कि भन्ने । त्यहिपनि हामी पुुस (धकेल्दै) गर्दै थियौं हरेक खेलाडीलाई र सोचिरहेका थियाँै कि,पानी नपरिदिए हुन्थ्यो भन्ने । तर पनि हामीलाई जे रिजल्ट आउँछ । त्यो एसेप्ट गर्ने बाहेक विकल्प नै थिएन् । एटलिस्ट लास्टमा चाहिँ राम्रै भयो । त्यो एउटा मुमेन्ट पायौँ र डकवर्थ लेविस अनुसार हामीले जित्याँै ।
यो खेल खेल्दै गर्दा हामी कहाँ चुकेका रहेछौँ ? हाम्रो कमजोरी के रहेछ त ?
कम्जोरी भन्दापनि हामी अन्तिम खेल जसरी खेल्याँै । आगामी दिनमा पनि त्यसरी नै खेलेर अगाडी बढ्नुपर्छ । अझै माथि जानुपर्छ । धेरै कुरा अझै सिक्न बाँकी नै छ । आत्म विश्वास र एकताको कमी रहेको हो कि भन्ने देखियो । हामी एक भएर खेल्दा जस्तोसुकै खेलमा पनि नतिजा फरक पार्न सक्छौ भन्ने देखियो ।
गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनि डीपीआर ग¥यो तर सरकार परिवर्तन भएपछि त्यो पूरा हुन सकेन त्यसलाई कसरी हेर्नुहुन्छ ?
आई थिन्क गण्डकीको क्रिकेटको कुरा गर्दा हामीले पिपिएल खेलेका थियाँ । ै केही वर्षअघि अन्तर्राष्ट्रियस्तरको खेल । पोखरामा खेलेका थियौं । पोखरा राम्रो क्रिकेट मैदान भएको ठाउँ हो । जहाँसम्म तपाईँले भन्नुभयो यहा क्रिकेट रंगशाला बनाउने कुरा त्यो नबनेको भन्ने सुन्दा दुःख लाग्यो । पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानसँगै प्रतियोगितासमेत हुन आवश्यक छ । जसैपनि यो ठाउँमा क्रिकेट हुनुपर्छ भन्ने हो । पहिला त भएकै रंगशालाभित्रको मैदान पनि राम्रो बनाआंैं । नयाँ बनाउने भन्ने कुरा त अहिले नै हुन्छ जस्तो मलाई लाग्दैन् । मैले धेरै राष्ट्रमा खेलिसकेको छु त्यो हेर्दा चाँहि पोखराको ग्राउन्ड एकदमै राम्रो छ । पोखराको जस्तो राम्रो मैले कहीँ पनि भेटेको छैन् । लण्डनपछि पोखरा राम्रो छ विकेटको लागि । भविष्यमा विश्वकपका लागि अन्य राष्ट्रको भन्दा पोखराको मैदान राम्रोँंग बन्यो भने हामी सफल हुन सक्छौं ।
खेलाडी स्वयम सेवक बनेर खेलाडी उत्पादन गरिरहेको छ । राज्यको खेलकुदमा लगानी न्यून छ जस्तो लाग्दैन ?
अब खेलाडीलाई खेलनै प्यारो हो र खेल्नु नै सबैभन्दा ठूलो कुरा हो । जे जस्तो भएपनि खेलका लागि जुन प्रेम हुन्छ त्यो नै ठूलो कुरा हो । भविष्यमा म के गर्छ कहाँ जान्छु त्यो हामी खेलाडीले सोच्दैनौं । खाली खेल्ने होमात्रै भन्छाँै । सबै ध्यान खेलमै हुन्छ र त्यो हुनु पनि पर्छ । खेलाडीले धेरै कुरा सोच्यो भने मोटिभ पनि हुँदैन । तर। पनि मलाई के लाग्छ भने कुनैपनि खेलमा भविष्य रह्यो र खेलेर जीवन विताउने वातावरण बन्यो भने नेपालले ठूलो भन्दा ठूलो उपलब्धि समत हासिल गर्छ । भविष्यको समस्या र तनाव रहँदैन । क्रिकेटमा अझै लागनीको खाँचो छ ।
युएईसंगको खेलमा दर्शकको बाक्लो उपस्थिति थियो त्यो सहभागिताले कत्तिको दबाब महसुस गरिरहनुभएको थियो ?
दबाब भन्दापनि हामी मानसिक रुपले बलियो भएका थियौं । हामीलाई होम ग्राउन्ड हुनु फाइदाको कुरा थियो । हामीलाई क्रिकेटप्रेमी दर्शकलाई निराशा बनाउनु थिएन । दर्शकको उपस्थितिले जित्नपनि सर्पोट ग¥यो । मलाई लाग्छ, एसियन कन्ट्रिमा बेष्ट टप थ्रि मा पर्छौँ । आइसीसीले पनि हेरिसकेको छ । दर्शक समर्थनका कारण भविष्यमा धेरै खेलहरु नेपालमा आउँनेछन् । प्रस्तुतिः विजय नेपाली





