बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बहिरा विद्यार्थीको कान परिक्षण शिविर

बहिरा विद्यार्थीको कान परिक्षण शिविर


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७९, मंगलबार

बागलुङ/ धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालय बागलुङमा अध्ययनरत बहिरा विद्यार्थीहरुको कान परिक्षण शिविर आइतबारदेखि शुरु भएको छ ।

लग्जम्बरको बच्चाको कान संस्थाको आर्थिक सहयोग, सामुदायिक सहयोग केन्द्र चितवनको आयोजना र धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्रको समन्वयमा धौलागिरी आवसीय माध्यामिक विद्यालयमा अध्ययनरत २९५ जना विद्यार्थीहरुका लागि कान परिक्षण शिविर शुरु गरिएको हो । शिविर १३ तीन सम्म चल्नेछ ।

शिविरको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले उद्घाटन गर्नुभएको थियो । पोख्रेलले स्वास्थ्यकर्मीबाट कान परिक्षण गराएर उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै पोख्रेलले बहिरा विद्यार्थीको कानको स्वास्थ्य परिक्षणले विद्यार्थीलाई सहयोग हुने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, सामुदायिक सहयोग केन्द्रका पिङ्की पुन र बहिरा विद्यालयको सहायक प्रधानध्यापक सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रम धौलागिरी बहिरा आवसीय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरको अध्यक्षता, प्रधानध्यापक रेशम बहादुर श्रीसको स्वागत तथा धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्रका म्यानेजर शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->