बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आश्रमका बृद्धबृद्धासँग लियो कालीगण्डकीको चैतेदशैं

आश्रमका बृद्धबृद्धासँग लियो कालीगण्डकीको चैतेदशैं


  • सचिता गौतम
  • चैत्र १६ २०७९, बिहिबार

बागलुङ/ लियो क्लब अफ बागलुङ कालीगण्डकीले यस वर्षको चैतेदशैं रामानुज आश्रमका बृद्धबृद्धासँग मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको क्लबले आश्रममा पुगेर विविध कार्यक्रम गरी चैते दशैं मनाएको हो ।

बागलुङ नगरपालिका–१ निरयमा रहेको रामानुज आश्रममा रहेका बृद्धबृद्धालाई आवश्यक फलफुल तथा खाद्यान्न वितरण र आश्रम स्थलमा सरसफाई गरेर चैते दशैं मनाएको क्लवका अध्यक्ष सुगम खड्काले बताए । क्लवका सदस्यहरुबाट स्वस्फुर्त संकलन भएको रकमबाट आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो ।

चैते दशैं जस्तो पर्व आश्रममा रहेका बृद्धबृद्धासँग मनाउन पाएकोमा क्लवका पदाधिकारीले खुसी व्यक्त गरेका थिए । उनीहरुले आश्रमस्थलमा रहेको फोहो र झाडी फँडानी लगायतका सरसफाइका काम गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->