बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दमेकमा नेतृत्व बिकास तथा वाककला तालिम

दमेकमा नेतृत्व बिकास तथा वाककला तालिम


  • सञ्जित पौडेल
  • चैत्र २२ २०७९, बुधबार

बागलुङ/ युवा तथा महिलाहरुको नेतृत्व विकासका लागि बागलुङको जैमिनी नगरपालिका–३ दमेकले नेतृत्व विकास तथा वाक कला तालिम सुरु गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको लक्षित वर्ग क्षमता विकास कार्यक्रमअन्तर्गत तालिम आयोजना गरेको हो ।

वडाका बिभिन्न सामाजिक संघसंस्था, समुह, सहकारीमा आबद्ध महिला तथा युवाहरुलाई तालिममा सहभागि गराईएको छ । तीन दिन चल्ने तालिमले युवा तथा महिलाहरुमा बोल्ने कलार नेतृत्व विकास गर्ने वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले बताए । समुह तथा सहकारीमा आबद्ध युवा तथा महिलाहरुले कार्यक्रम सञ्चालन गर्न नसक्ने अबस्था आएको भन्दै बोल्ने कलामा जोड दिएको भुजेलले बताए ।

तालिमको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले तालिमले भान्सादेखि सभासम्म प्रस्तुत हुन सहयोग गर्ने बताए । उनले सामाजिक विकासको क्षेत्रमा भएको लगानीले दिर्घकालमा उपलब्धी देखिने बताए । ६० जना सहभागि रहेको तालिमको सहजिकरण पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर बिक र सहसचिव तारानाथ आचार्यले गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->