बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दानबाट चलेको मानव सेवा आश्रमको खर्च सार्वजनिक

दानबाट चलेको मानव सेवा आश्रमको खर्च सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७९, बुधबार

बागलुङ/ मानवसेवा आश्रम बागलुङले आर्थिक बर्ष २०७८/०७९ को आयव्याय सार्वजनिक गरेको छ । आश्रमको सातौ स्थापना दिवशको अबसरमा खर्च सार्वजनिक भएको हो ।

उक्त अबसरमा आश्रम संचालक तथा अभियान्ता बिपना तामाङले प्रस्तुत गरेको बिवरणमा कुल २ करोड २९ लाख ५३ हजारको सम्पत्ति विवरण भएको उल्लेख छ । मंगलबार भएको सार्वजनिक कार्यक्रममा तामाङले दानबाट ३५ लाख ५८ हजार रकम प्राप्त भएको जानकारी दिइन् ।

त्यस्तै, खर्चतर्फ १ करोड ७५ लाख ३५ हजार रहेको छ । उक्त खर्च गत बर्षदेखि निर्माण थालिएको भवनमा धेरै खर्च भएको छ । सामाजिक बिकास कार्यालय बागलुङको तीन बर्षदेखि ५० लाखको दरले भवन निर्माणमा सहयोग भैरहेको हो ।

त्यस्तै, आश्रम संचालन खर्चतर्फ १ करोड ७५ लाख, प्रशासनिक खर्च ६ लाख ३८ हजार, कार्यक्रम खर्च १ लाख ३० हजार, कर्मचारीतर्फ ४ लाख ९१ हजार, मर्मत सम्भार तर्फ १ लाख ७६ हजार रुपैयाँ खर्च भएको देखिएको हो ।

कार्यालयमा उपकरण खरिद, फर्निचर लगायतका सामाग्री खरिद गरिएको छ । हाल आश्रममा ४९ जनाले आश्रय लिइरहेका छन् । उनीहरुलाई आश्रमले खानेबस्ने व्यवस्थापन गरेको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानव सेवा नै सर्बोत्तम सेवा भएको बताए । उनले आफ्नो घरबारसमेत त्यागेर सेवामा लागेकाहरुबाट राज्यको दायित्व बहन गरिनु सम्मानजनक काम भएको भन्दै आश्रम संचालकलाई धन्यवाद दिए ।

आश्रमका अभिभावक निर्मल श्रेष्ठको अध्यक्षता, अभियान्ता होमनाथ तिमिल्सिनाको संचालन र लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बराल, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी लगायतले बोलेका थिए ।

सात बर्षअघि सडकमा देखिने बेसाहारा मानिसलाई संरक्षण गर्नेगरी बागलुङमा आश्रम खुलेको थियो । हाल बसेको स्थान आफ्नो नभएकोले बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि बानपा–१ निरयघाटमा आश्रम निर्माणाधिन छ । आश्रम बनिसकेपछि बालबालिका र अन्यलाई अलग अलग राखेर आश्रमको सेवा दिइने बताइएको छ । बेसाहारा, असक्त, असहाय, अनाथ र अभिभावकबिहिन मानव मुक्त जिल्ला घोषणा गर्ने अभियान स्वरुप आश्रम स्थापना गरिएको हो । आश्रमको आफ्नै भवन बनेपछि एकैपटक एक सय बढीलाई आश्रय दिन सक्ने गरी काम पनि गरिरहेको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->