बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ र जैमिनीको सिमाक्षेत्रका बनमा आगलागी

बागलुङ र जैमिनीको सिमाक्षेत्रका बनमा आगलागी


  • मनिसा शर्मा
  • चैत्र २६ २०७९, आइतबार
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/ बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमा क्षेत्रमा भीषण आगलागी भएको छ । बागलुङ नगरपालिका, १२ अमलाचौर र जैमिनी नगरपालिका, १ कुश्मीशेराको सिमा क्षेत्रमा रहेका सामुदायीक तथा निजी बनहरुमा हिजो दिउँसोदेखि आगलागी भएको हो ।
अमलाचौरको गिठे बास्कोट बनबाट सुरु भएको आगो कुश्मीशेरामा रहेको पल्लोपाखा सामुदायीक बन क्षेत्रमा प्रबेश गरेको जैमिनी नगरपालिका, १ कुश्मीशेराका वडाअध्यक्ष बिष्णु आचार्यले बताए । गिठेमा लागेको आगो शनिबार दिउँसो स्थानीयले निभाउने प्रयास गरेका थिए ।
घना बनक्षेत्रमा लामो समयदेखि कुहिएका काठ र बाक्लो झाडि रहेकाले नियन्त्रणमा लिन कठिन भएको स्थानीय लिलाधर शर्माले बताए । आगो बस्तितर्फ समेत फैलिएको छ । अमलाचौरको गिठे गाउँ र कुश्मीशेराको खौर, किसेक गाउँ आगलागीको जोखिममा रहेको वडाअध्यक्ष आचार्यले बताए ।
ऋागो नियन्त्रणका लागि आईतबार बिहानै पल्लोपाखा सामुदायीक बन उपभोक्ता समितिले उपभोक्ता र प्रहरीलाई खवर गरेको छ । आगोले ठुलो बन क्षेत्र ध्वस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->