बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेबि संघको स्थापना दिवसमा फलफूल बितरण

नेबि संघको स्थापना दिवसमा फलफूल बितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८०, बुधबार

बागलुङ /  नेपाल बिद्यार्थी संघको ५४ औं स्थापना दिवसको अबसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेविसंघ धौलागिरि बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा अस्पतालका ४० जना बिरामीलाई फलफूल बितरण गरिएको इकाइ सभापति दिनेश पन्तले बताए । कार्यक्रममा नेविसंघको जिल्ला र क्याम्पस स्तरका नेताहरु उपस्थित थिए ।

स्थापना दिवशको अबसर पारेर क्याम्पसमा रचनात्मक क्रियाकलाप गर्दै आएको नेविसंघले बुधबार बिरामीलाई पनि सहयोग गरेको हो । उक्त अबसरमा पन्तले नेविसंघको स्थापना र महत्वबारे प्रकाश पारेका थिए । उक्त अबसरमा स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका उपसभापति दिपक सुवेदीले कार्यक्रमको संचालन तथा स्वागत गरेका थिए ।

२०२७ सालमा बिपिन कोइराला नेविसंघको संस्थापक अध्यक्ष भएका थिए । कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराइले पहिलो सभापति घोषणा गरेको दिनलाई नेविसंघले स्थापना दिबशको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->