बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा

घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार

बागलुङ/गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो ।

गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी हुन थालेपछि गलकोट नगरपालिकाले त्यस्ता घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबीच भागमा पर्ने गलकोट क्षेत्र पछिल्लो समय तीव्ररुपमा सहरीकरण भइरहेको छ । सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटियाबजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर,लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकामा २० वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

सिसिटिभी क्यामेरा जडानपछि आपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले विश्वास व्यक्त गरे । नगरपालिकाले यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको थियो । सिसिटिभी क्यामरा ‘कन्ट्रोल रुम’ इलाका प्रहरी कार्यालय हरिचौरमा राखिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->