बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको चिप्लेँटी बसपार्कमा बसले किचेर एक पुरुषको मृत्यु

बागलुङको चिप्लेँटी बसपार्कमा बसले किचेर एक पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

बागलुङ/ बागलुङमा बसले किचेर एक पुरुषको मृत्यु भएको छ । सदरमुकाम बागलुङ बजारको चिप्लेँटी बसपार्कबाट पोखराका लागि छुटेको बसले किचेर अन्दाजी ४० बर्षिय अपरिचित पुरुषको मृत्यु भएको हो ।

बसपार्कमा पार्किङ गरीराखेको ग१ख ९६५ नम्बरको बस पोखराका लागि छुट्ने बेलामा चालकले बस स्टार्ट गरेका थिए । बस हिँड्नै लाग्दा पछाडीको टायएर एक्ककासी
हुत्तिएका ती पुरुष च्यापिएका थिए । उनको डाढमा चोट लागेको थियो । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा आईतबार साँझनै उनको मृत्यु भएको प्रहरी नायव
उपरीक्षक मदन केसीले बताए ।

मृतक पुरुषको पहिचान खुलेको छैन् । बागलुङ बजारमा कसैले उनको पहिचान गर्न नसकेको उनले बताए । बसका चालक पर्वतको कुश्मा नगरपालिका–१३ का ४० बर्षिय दलबहादुर सुनार र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->