पोखरा / नेपाली गीत संगीतको क्षेत्रमा हजारौं कलाकारहरु मध्य एक हुन् बहुप्रतिभाषाली गायक हुन राजेश बर्देवा । तिनदर्जन भन्दा धेरै गीतहरुमा स्वर भरेका राजेशले थुप्रै विधाका गीतहरुमा आवाज दिएका छन। ‘तिमि चाहिन्छ’ बोलको लोकदोहोरी गीतमा पुर्णकला विसिसंग उनले आवाज दिएका छन ।
गितार बजाइदेउ, मायाजालमा पार्यो मायाले, फल मिठो, म त सानु विरानो गाँउको हो, डोको चोयाँको जस्ता थुप्रै गीत उनले गाएका लोकदोहोरी गीत हुन । सुन मेरा फ्यान्स, आज पानी नपरे हुन्थ्यो, आयो दशै तिहार, कान्छीलाइ पट्यायो झिल्केले, नाँच मुइया घुम्तीनिर, सिसाको ऐना,आइफोन सेभेन लगायत थुप्रै पर्व गीतहरुमा स्वर दिएका छन ।

लोकदोहोरी मात्रै नभएर लोकपप गीतमा पनि बर्देवाले स्वर दिएका छन । पहिला पहिला, अर्काकी बुढी राम्री लाग्नी, आहा साइली लगायतका गीतमा उनले आवाज दिएका छन् । गायक मात्र नभएर उनले थुप्रै गीतमा संगीत तथा संगीत संयोजन समेत गरेका छन । कुर्ची तानातान बोलको गीतमा दुवै गरेका छन । तिमि मेरो मुटुमा छौ बोलको गीतमा संगीत र एरेन्ज दुवै गरेका छन ।
बहुप्रतिभाषाली कलाकार बर्देवा नेपालका ठुलठुला साँगीतिक कार्यक्रमका उद्घोषक पनि हुन । काठमाडौंमा आयोजना गरिने अवार्डका थुप्रै कार्यक्रममा सञ्चालकको रुपमा उनलार्इ देख्न सकिन्छ भने स्टेजमा गायन प्रस्तुतीले उनले धेरै मेला महोत्सववाट मन जितिसकेका छन भने उनी व्यस्त कलाकार पनि हुन् ।






